भैरहवा मेडिकल कलेजको चिकित्सक माथि अज्ञात समुह बाट कार्यस्थलमै आक्रमण

भैरहवा, चैत ३ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाको चिकित्सक माथि अज्ञात समुह बाट कार्यस्थलमै आक्रमण भएको छ । सोमवार बिहान अस्पतालका आवसिय चिकित्सक अर्चन घिमिरेलाई करिव १० जनाको समुहमा आएका अज्ञात ब्यक्तिहरुले आक्रमण गरेका हुन् ।
घिमिरेलाई आक्रमण गर्ने क्रममा छूट्याउन खोज्दा अस्पतालका सुरक्षा प्रमुख श्याम केशी पनि घाइते भएका छन् । घाइते दुवैको उपचार अस्पतालमै भैरहेको छ ।
घिमिरेका अनुसार अस्पतालमा शुक्रवार राति ब्रेन ह्यामरेज भएर उपचार गर्न आएकी ५० बर्षिया यम कुमारी राना बुढामगरको मृत्युको बिषयलाई लिएर बिवाद उत्पन्न हुदा उक्त घटना भएको हो । बुढामगरलाई वान्ता आउने, टाउको दुख्ने र बर्वराउन थालेपछि परिवारले उपचारका लागी मेडिकल कलेजको न्युरो वार्डमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा सिटि स्क्यान गर्दा रगत जमेको देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनको अवस्था गम्भिर बन्दै गएपछि आइसियुमा राखेर थप उपचारकै क्रममा उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार अन्तिम सम्म उनलाई बचाउने कोशिष गर्दा पनि बचाउन सकिएन यसमा हाम्रो कुनै दोष छैन हामी शत प्रतिशत कोशिषमा थियो त्यसको प्रतिफल नकारात्मक पायौ चिकित्सकले भने ।
बुढामगरको मृत्यु भएपछि उनको परिवारले शव उठाउने तयारी गरिरहेको बेला अज्ञात ब्यक्तीहरु जवरजस्ती आइसियुमा प्रवेश गरी चिकित्सक घिमिरेलाई पिट्दै बाहिर निकालेका हुन् ।
घिमिरेले उक्त बिरामीको उपचार आफुले गर्ने नभइ बरिष्ठ न्युरोसर्जन डा राज कुमार केसी र न्युरोसर्जन डा जयदेव चन्दले गर्ने भएकोले आफु त्यहा आवसिय चिकित्सकको रुपमा रहेको बताए ।