बेलहिया नाकामा उच्च सतर्कता,नेपाली सेनाको कमाण्डमा हेल्थ डेक्स

भैरहवा,चैत ८ । प्रदेश नं ५ रुपन्देहीको बेलहिया देशकै दोस्रो ठुलो नाका हो । रोजगारीकालागी भारत गएका नेपाली, विद्यार्थीहरु यस नाकाबाट आउने क्रम बढेपछिउच्च सतर्कता अपनाइएको छ । देशकै प्रमुख नाका मध्ये एक बेलहियाबाट दैनिक हजारौ संख्यामा भारत र नेपाल आवतजावत हुनेगरेको छ ।

नाकामा रोजगारीका लागी भारत गएका नेपाली, अध्ययन गर्न गएका विद्यार्थी र तीर्थयात्रीहरुको संख्या नेपाल भित्रिने क्रममा बृद्धी भएपछि उच्च सतर्कता अपनाइएको हो । प्रमुखजिल्ला अधिकारी महादेव पन्तका अनुसार कोरोना संक्रमण फैलन नदिन सिमा नाकामा उच्चसतर्कता अपनाइएको हो ।

बेलहियानाकामा अहिले नेपाल सरकारका तिन वटै सुरक्षा संयन्त्र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नाकामा परिचालन भएका छन् । नेपाली सेनाको लेफटिनेन्ट कर्णेल ज्योती कुमार थापाको नेतृत्वमा परिचालन भएको टोलीले नाकामा प्रवेश हुने सबैको चेकजाच गरेर मात्र नेपाल भित्रन दिइएको छ । सिमानाकामा अहिले नेपाल भारतको सुरक्षा निकाय बिच सहकार्य गरेर कोरोना संक्रमणकोचेकजाच भैरहेको छ ।

इलाकाप्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक ईश्वरि अधिकारीका अनुसार नाकाबाट प्रवेश गर्ने हरेक ब्यक्तीको स्वास्थ चेकजाच गरेर मात्र नेपालभित्रन दिइएको छ । अधिकारीका अनुसार १ सय डिग्री भन्दा बढि तापक्रम देखिए भारत फक्राउने गरिएको छ । बेलहियानाका हुदै अहिले दैनिक १५ हजार भन्दा बढि नेपाल भित्रि रहेका छन् । नाकामा अहिले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिका स्वास्थ शाखा र स्थानियको सहयोगमा कोरोना संक्रमणको चेकजाचलाई निरन्तरता गरेको हो । बेलहियाका स्थानिय धर्मराज गिरीले नेपाल सरकारले सिमा नाकामा उच्च सतर्कताका साथ कोरोना संक्रमण नेपाल प्रवेश गर्न नदिन लागेको बताए । हेल्थडेक्समा १२ जना स्वास्थ कर्मचारी बिभिन्न सिफ्ट गरेर एकपटकमा ५ जनाले स्वास्थ चेकजांच गर्ने गरेका छन् । हेल्थ डेक्समा चेकजांच गरेपछि शंकास्पद देखिए भारत सरकारले नाकामा राखेको थर्मल स्क्यानरमा पुन चेकजाच गराएर भारत फिर्ता पठाउने गरिएको छ ।

नेपाल तर्फ हालसम्म भने थर्मल स्क्यानर रहेको छैन । हेल्थ डेक्स अहिले नेपाल प्रवेश गर्ने प्रमुख बिन्दुमै रहेको छ । नाकामा मालबाहक गाडीका चालकलाई पनि स्यानिटाइजर र तापक्रम मापन गरेका छन् । अन्तरदेशीय बससेवा समेत रोकिएको छैन । सुनौली बजार नेपालीको किनमेल गर्ने प्रमुख बजार पनि हो ।पर्यटकको आवागमन रोकिए पनि किनमेल गर्नहरू भारतीय बजार सुनौली जान छाडेका छैनन् ।