भारतले ‘जनता कर्फ्यू’ लगाएका कारण देशकै दोस्रो ठुलो नाका बेलहिया सुनसान‍

भैरहवा, चैत ९ । भारतले ‘जनता कर्फ्यू’ लगाएका कारण देशकै दोस्रो ठुलो नाका बेलहिया ठप्प भएको छ। सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन्। आइतबार बिहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कर्फ्यू लगाउँदा हवाई, रेल तथा स्थल यातायात बन्द भएको कारण सीमामा आवतजावत ठप्प बनेको हो ।कोरोना भाइरस फैलिने सन्त्रास बढेको बेला भारतको कर्फ्यूले नाका ठप्प हुँदा नेपाल आउने यात्रुको संख्या घटेको छ। भारतिय प्रहरीका सुनौली नाका प्रमुख आशोक कुमारका अनुसार भारत सरकारले कोरोना संक्रमणको प्रभावका कारण जनता कर्फ्यु लगाएको हो । कुमारले सरकारले लगाएको कर्फ्युमा जनताले पुर्ण समर्थन गरेको जानकारी दिए । नाकामा अहिले केही दिन देखि भंसार पास हुन लाइनमा रहेका मालवाहक गाडी भने पास भएका छन् । जनता कर्फ्यु भएको हुनाले भारत रोजगारीको क्रममा रहेका नेपाली र बिध्यार्थीहरु भने नेपाल आइरहेका छन् । नेपाल भित्रिएका यात्रुलाई सिमा नाकाम रहेको हेल्थ डेक्समा स्वास्थ चेकजाच गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको छ । भारतमा जनता कर्फ्यु लागेपछि नेपाल फर्कने क्रममा रहेका नेपालीहरुले शास्ती भोग्नु परेको छ । भारत रोजगारीको क्रममा रहेका बाग्लुङ घर भएका हाल मुम्बईमा रहेका रेशम सुनामले भारतमा लागेको कर्फ्युका कारण धेरै दुख पाएर नेपाल आएको बताए । यस्तै भारतको बेङ्गलोरमा अध्ययनरत काठमाडौ घर भएकी रेनु शाहीले भारतमा कर्फ्यु लागेपछि त्यहका टेक्सी चालकहरुले गलत समयको फाइदा उठाएको बताइन् । शाहीका अनुसार उनिहरुले ३ सय रुपैया भाडा हुने दुरीमा १ हजार सम्म मागेको जानकारी दिइन् ।