भैरहवा भिम अस्पतालमा आइसोलेसन कक्ष निर्माण शुरु

भैरहवा, चैत ९ । कोरोना भाइरसका शंकास्पद बिरामीलाई राख्नको लागि रुपन्देहीको भैरहवा भिम अस्पतालमा आइसोलेसन कक्ष निर्माण थालिएको छ। आइसोलेसन कक्ष ३५ बेडको हुनेछ। प्रदेश नं ५ समाजिक बिकास मन्त्रालयको सहयोगमा अस्पतालमा आइसियु सहितको आइसोलेसन निर्माण हुने जानकारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट निवन दर्नालले जानकारी दिए ।

६ दिन भित्र संचालनमा ल्याउनेगरी अस्पतालमा आइसोलेसन संचालनका लागि तीव्र रुपमा काम सुरू गरिएको हो । प्रदेश नं ५ समाजिक बिकास मन्त्रालयका स्वास्थ शिक्षा अधिकृत शैलेन्द्र पाण्डेका अनुसार भिम अस्पतालमा हुने आइसोलेसन कक्षमा कोरोना भाइरसको आशंका गरेका ब्यक्तीलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राखिने छ ।

अस्पतालमा छुट्टै फिभर क्लिनिक स्थापना भएको छ जसमा ज्वरो आएको र रुगा खोकी लागेको बिरामीको चेकजाच हुनेछ । अस्पतालले कोरोना भाइरसको आशंका गरेका बिरामीको स्वाव कलेक्शन गरेर प्रशिक्षणको लागी पठाउने छ ।