भैरहवा मर्निड. वाक समुहले समसामयिक बिषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल

भैरहवा, चैत ९ । भैरहवा मर्निड. वाक समुहले समसामयिक बिषयलाई लिएर आईतबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको छ । रुपन्द्येहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थलाई भेटि समुहले हाल देखीएको कोरोना भाईरस रोकथामका लागी अपनाउनु पर्ने सावधानीका बिषयमा ध्यानार्कषा गराएको छ ।

त्यसैगरी सिदार्थनगर नगर भित्र देखीएको फोहर ब्यावस्थापनका बिषयमा समेत छलफल गरेको छ । बिएमजि समुहका संस्थापक अध्यक्ष बिजय शागरले बर्तमान अवस्थामा देखीएको स्वास्थ्य शुरक्षा देखी फोहरमैला ब्यावस्थापनका बिषयमा प्रमुख जिल्ला अधिकारी संग छलफल गरेको जानकारी दिनु भयो ।

त्यसैगरी मेडिकल कलेजमा बिरामी उपचारमा हुने गरेका लार्पबाहीका बिषयमा पनि प्रमुख जिल्ला अधिकारीको ध्यान आक्रशण गराएको समुहका अध्यक्ष ओम कार गौचनले जानकारी दिनु भयो । मर्निड. बाक समुहले भैरहवामा समय समयमा बिभिन्न खालका जनचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ ।