सिद्धार्थनगरमा फोहर ब्यवस्थापनको बिषयमा विवास बढ्दो

भैरहवा, चैत ९ । सिद्धार्थनगर नगरपालिकामा भएको फोहर ब्यवस्थापनको लागी प्रयोग हुदै आएको डम्पिङ साइट विवाद बढ्दै गएको छ । नगरपालिकाले प्रयोग गर्दै आएको सिद्धार्थनगर नगरपालिका पक्लिहवा क्षेत्र वडा नं १,२ र ३ मा रहेको डम्पिङ साइटमा उक्त क्षेत्रका स्थानियले फागुन २८ गते देखी फोहर फाल्न नदिएपछि विवाद बढ्दै गएको हो ।

फोहर ब्यवस्थापनको बिषयमा दिर्घकालिन योजना बनाएर आउनुपर्ने माग स्थानियको रहेको छ । स्थानियले आइतवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले आफुहरु संग सहमती गर्न नखोजी बलपुर्वक फोहर फाल्ने प्रयास गरिरहेको बताए । स्थानियले नगरपालिका संग वार्ता गर्नको लागी खुसिमान गुरुङको संयोजकत्वमा २१ सदस्यिय वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीका प्रवक्ता शुसिल गुरुङका अनुसार पक्लिहवा क्षेत्र बिगतमा विट्रिश सेनाको भर्तिकेन्द्रका कारण समग्र भैरहवाको पर्यावाचीको रुपमा रहेपनि २०३५ सालमा क्याम्प स्थान्तरण भएपछि ओझैलमा पर्दै गएको यस क्षेत्रमा नगरपालिकाले करिव २२ बर्ष देखी फोहर ब्यवस्थापनको लागी डम्पिङ साइटको रुपमा बिकास गरेपछि पछि पर्दै गएको छ ।

स्थानिय प्रेमा केसीका अनुसार डम्पिङ साइटका कारण यस क्षेत्रका मानिषहरुमा बिभिन्न रोगहरु देखिएको छ । केसीले डम्पिङ साइटको फोहरको गन्धका काण आफुहरुलाई धेरैनै असहज भएको बताउनु भयो । सिद्धार्थनगर नगरपालिका जनप्रतिनिधी हरिमाया गुरुङले आफूले नगर सभा बैठकमा धेरै पटक यस बिषयमा आवाज उठाए पनि नगरपालिकाले वास्ता नगरेको जानकारी दिनुभयो ।

नगरपालिकाले उक्त क्षेत्रमा डण्डा खोलाको किनारमा डम्पिङ साइट बनाएको छ । भारतिय सिमा नजिक पर्ने डम्पिङ साइटका कारण भारतिय पक्षले पनि पटक पटक असन्तुष्टी जनाउदै आएको छ । डम्पिङ साइटका कारण डण्डा खोला पनि प्रदुषित हुदै गएको छ । डम्पिङ साइट संग सटेको पक्लिहवा कृषी क्याम्पसका बिध्यार्थी र सशस्त्र प्रहरी बल रुपन्देहीलाई पनि प्रत्यक्ष अशर पर्ने गरेको छ ।