सिद्धार्थ सार्वजनिक यातायात प्रा.लिद्धारा चालक तथा सहचालकलाई निशुलक माक्स वितरण

भैरहवा, चैत ९ । सिद्धार्थ सार्वजनिक यातायात प्रा.लिद्धारा चालक तथा सहचालकलाई निशुलक माक्स वितरण गरेको छ । प्रा.लि का अध्यक्ष संजिव रोक्काको नेतृत्वमा भैरहवा आईतबार भरहवा वसपार्कभित्र एक कार्यक्रमको आयोजना गरी कोरोना भाईरसबाट बच्नको लागि माक्स वितरण गरिएको थियो ।

सार्वजनिक यातायातका कर्मचारी,चालक तथा सहचालकहरु प्रत्यक्ष यात्रुसंगको सम्पर्कमा रहिरहनु पर्दा कोरोनाको उच्च जोखिम हुने भएकोले आफ्ना सम्पुर्ण सवारीहरुमा स्प्रे गरी माक्सको प्रयोग गर्न अनुरोध गरिएको प्रा.लिका अध्यक्ष रोक्काले जानकारी दिनुभयो ।

यस्तै सवारीमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न र सरकारले निर्देशन गरेका सम्पुर्ण नियमहरु पलना गर्न उहांले सबै चालक तथा सहचनलकहरुलाई निर्देशन दिनुभयमे । भारतसंग सिमानाका जोडिएकोले सिद्धार्थनगरबाट छुट्ने र भित्रिने आफ्ना सवारी साधानमा उच्च सर्तकता अपनाइएएको प्रा.लिका वरिष्ठ उपाध्यक्ष शुनिल विष्टले जानकारी दिनुभयो ।

सो अवसरमा कोरोनाको भाईरस सम्बन्धी जानकारी तथा बच्नका लागि अपनाउनु पर्ने अन्य सावधानीका विषयमा समेत जानकारी गराईएको प्रा.लिका संचालक सियाराम यादवले जनाउनु भयो ।

प्रा.लि. अन्तर्गत करीब साढे तिन सय साना ठुला सवारीहरु लामो तथा छोटो दुरीमा चल्ने गरेका छन् । भैरहवाको पुरानो सिद्धार्थ यातायात समिति सरकारले यातायात क्षेत्रलाई अनिवार्य प्रा.लिमा दर्ता हुनुपर्ने नियम ल्याएसंगै सिद्धार्थ सार्वजनिक यातायात प्रालि.को नामबाट संचालित छ ।