सिद्धार्थनगर नगरपालिकामा डम्पिङ साइटको बिरुद्ध चलेको आन्दोलन चैत ३० सम्म स्थगन

भैरहवा, चैत १० । सिद्धार्थनगर नगरपालिकामा फोहर व्यवस्थापनको लागी प्रयोग गरिएको डम्पिङ साइटको बिरोधमा भएको आन्दोलनका कार्यक्रम चैत ३० गते सम्मको लागी स्थगित भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण संघर्ष समितीले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।

सिद्धार्थनगर नगरपालिकाले बिगत २२ बर्ष देखी फोरह ब्यवस्थापनको लागी प्रयोग गर्दै आएको सिनपा १ र २ मा रहेको डम्पिङ साइटको बिरोधमा उक्त क्षेत्रका बासिन्दाले संघर्ष समिती बनाएर बिरोध गर्दै आएका थियो । बिरोधका कारण नगरपालिकाको फोहर फागुन २८ गते देखि उठ्न सकेको थिएन । संघर्ष समितीका अध्यक्ष खुशिमान गुरुङले जिम्मेवार नागरिकको हैसियतले मानविय संवेदनशिलतालाई मनन् गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेको बताउनुभयो ।