लकडाउन : सुनसान भैरहवा (फोटोफिचर)

भैरहवा, चैत ११ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले गलवार बिहान ६ बजेदेखि चैत १८ गतेसम्म देशैभर लकडाउन गरेको छ । लकडाउन भएका कारण भैरहवाबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छनैन् ।

मंगलवार बिहानैदेखि सार्वजनिक तथा निजी सवारीका साधन नचल्दा सधै भिडभाड हुने भैरहवाको देवकोटाचोक, बुद्धचोक, बेलहिया, मिलनचोक लगायत देशभरका सडक खाली भएका छन् । सरकारले घरभित्रै आग्रह गरेकाले मानिसहरू सडक खासै देखिएका छैनन् । अत्यावश्यकबाहेक पसल पनि बन्द छन्। सोमबार साँझै बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहानदेखि देशभरि लक डाउन गर्ने निर्णय गरेको थियो ।

आइतबार काठमाडौंमा एकजना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएको थियो