कोरोना भाईरसको रोकथाममा लुम्बिनी निर्माण व्यवसायी संघको साथ ।

भैरहवा, १२ चैत

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण पालना गर्न मातहतका सम्पुर्ण निर्माण व्यवस्यीलाई अनुरोध गरेको छ ।

विश्वभर महामारीको रुप लिएको उतm भाईरस नेपालमा फैलिन नदिन सरकारले लिएको लकडाउनको नीतिको संघले स्वागत गर्दै सबै निर्माण व्यवसायीहरुलाई आआफ्नो निर्माण कार्य रोकी सरकारलाई सहयोग गर्न अपिल गरिएको संघका अध्यक्ष विनय ज्ञवालीले जानकारी दिनुभयो ।

अध्यक्ष ज्ञवालीका अनुसार नेपाल निर्माण व्यवसायी महासंघको सिफारिसमा निर्माण व्यवसाय विकास परिषद अन्र्तगत निर्माण व्यवसायी कोषको तर्फबाट कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक करोड योगदान गर्ने निर्णय भएको छ । महासंघको सो निर्णयलाई समेत जिल्लाको तर्फबाट स्वागत गर्दै योगदान गरिने अध्यक्ष ज्ञवालीले जनाउनु भयो ।

संघले विज्ञप्ती जारी गर्दै सरकारी निर्णयमा सहयोग गर्न सरोकारवाला सबै समक्ष आग्रह गरिएको जनाएको छ । साथै लक डाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई आ आफ्नो निर्माण कार्यहरु बन्द गर्न र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एशोसिएट सदस्यहरुले आ–आफ्नो सचिवालयहरु सरकारको निर्देशन अनुसार बन्द गर्न–गराई सहयोग गर्न महासंघले गरेको अनुरोधलाई पुर्ण रुपमा पालना गर्ने समेत संघले निर्णय गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।

अहिलेको असहज अवस्थामा समेत अति आवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीहरुलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिन समेत अनुरोध गरिएको छ । रुपन्द्येही जिल्ला भरका करीब ३ सय निर्माण व्यवसायीहरु लुम्बिनी निर्माण व्यवसायी संघमा आवद्ध छन् ।