लुम्विनी नेत्र बिज्ञान अध्ययन संस्थान द्वारा कोरोना संक्रमण बिरुद्ध प्रदेश सरकार राहात कोषमा २ लाख २२ हजार २ सय २२ रुपैया सहयोग

भैरहवा, चैत १३ । लुम्विनी नेत्र बिज्ञान अध्ययन संस्थानले कोरोना संक्रमण बिरुद्ध प्रदेश सरकारले बनाएको राहात कोषलाई २ लाख २२ हजार २ सय २२ रुपैया सहयोग गरेको छ । ४२ नेत्र ज्योती दिवसको अवशरमा अस्पतालले उक्त रकम सहयोग सहयोग गरेको हो ।

बिहिवार अस्पताल व्यवस्थापन समिती बैठक बसि सहयोग गर्ने निर्णय भएको हो । समितीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षतामा बसेको बैठले उक्त निर्णय गरेको हो । बैठकमा अस्पताल ब्यवस्थापन समिती सदस्य राजेन्द्र प्रसाद पन्थी, अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा ज्ञानेन्द्र लामिछाने, ब्यवस्थापक प्रकाश रायमाझी लगायतको उपस्थिति रहेको थियो ।