बेलहीयामा अलपत्र परेका २९ जना नेपालीको उद्धार

भैरहवा चैत्र १३ । रुपन्देहीको सिमा नाका बेलहीयामा अलपत्र परेका २९ जना नेपालीलाई बिहीबार उद्धार गरिएकोे छ ।
बुधवार बिहान ७ बजे सिमा नाका सुनौली आईपुगेका उनिहरु बिहिबार बिहान साढे ११ बजे उद्धार गरि क्वारेन्टाईन पठाईएको हो ।

उनिहरुलाई रुपन्द्येहीको सियारी गांउपालीकामा रहेको क्वारेन्टाईनमा १० जना सुद्धोदन गांउपालीकामा रहेको क्वारेन्टाईनमा १० जना र बुटवलमा रहेको क्वारेन्टाईनमा ९ जनालाई राख्ने गरि पठाईएको सिदार्थनगर नगरपालीकाका मेयर हरि प्रसाद अधिकारीले बताए । उद्धार गरिएकाहरु केही बिध्यार्थी र केही रोजगारीको सिलसिलामा भारतको बिभिन्न शहरहरुमा रहेका नेपाली हुन । उनिहरु झापाका ११ , बर्दियाका ५ र अन्य रुपन्देहीका रहेका छन् ।


भारतको बिभिन्न शहरहरु बाट आएका २९ नेपाली २८ घण्टा नेपाल भारत सिमा क्षेत्र दशगजामा अलपत्र परे । नेपाल सरकारले सिमामा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरि क्वारेन्टाईन पठाउन निर्देशन दिएको भन्दै सिमा नाका सुनौलीमा रहेका नेपालीहरुलाई नेपाल प्रबेश गराए । तर नेपाल प्रबेश गराएर क्वारेन्टाईन पठाउने बिषयमा छलफल गर्दा गर्दा नेपालीहरुलाई नेपाल प्रबेश नगराउनु उतै भारत फिर्ता गर्नु भन्ने निर्देशन आए पछि उनिहरु नेपाल प्रबेश पाएन्न् । उता भारतिय सुरक्षा कर्मीले पनि अलपत्र २९ नेपाली नेपाल प्रबेश गरेको मार्थील्लो निकायमा पत्राचार गरिसकेको थियो । भारतले नेपाल प्रबेस गरेको भन्ने जानकारी दिनु र नेपाल आईसकेकालाई नेपाली

अधिकारीहरुले फेरी भारत पठाउ भने पछि उनिहरु २८ घण्टा दशगजामा अलपत्र परे । अलपत्र २९ नेपाली राती दशगजामै सुतेका थिए । उनिहरुलाई राती स्थानिय रमेश थापा , अर्जुन गिरि , रमेश पोख्रेल लगायते राती पसल खुलाएर चाउ चाउ बिस्कुट खुवाएर सुत्ने बेवस्था गरिदिएका थिए ।