सिद्धार्थनगर नगरपालिकामा कोरोना माहामारी बाट उत्पन्न विपद्लाई व्यवस्थापन गर्न कोष स्थापना

भैरहवा, चैत १३ । सिद्धार्थनगर नगरपालिकाले कोरोना माहामारी बाट उत्पन्न विपद्लाई व्यवस्थापन गर्न कोष स्थापना गरेको छ । नगरपालिकाले उक्त कोषको लागी ११ लाख ५१ हजार रुपैया बिनियोजन पनि गरेको छ ।
कोषमा रकम जम्मा गर्न सरकारी , गैरसरकारी, उध्योगी, व्यवसायी, नागरिक समाज लगायत बिभिन्न संघ संस्था र ब्यक्तीलाई सार्वजनिक अपिल गर्ने निर्णय नगरपालिकाले गरेको छ ।
कोष ब्यवस्थापनको लागी समिती पनि बनाइएको छ जसको संयोजक नगरप्रमुख, सदस्य नगरपालिका उप प्रमुख, वडा नं ७ अध्यक्ष, सिद्धार्थ उध्योग बाणिज्य संघ अध्यक्ष, उध्योग ब्यापार संगठन रुपन्देही अध्यक्ष, नागरिक समाज सिद्धार्थनगर अध्यक्ष, समाजसेवी कृष्णप्रसाद शर्मा, नारायण अग्रवाल, बैंकर एसोसिएसन सिद्धार्थनगर अध्यक्ष रहेका छन् ।