जनउत्थान द्वारा कोरोना रोकथाम तथा उपचार कोषमा २ लाख रुपैया सहयोग

भैरहवा, चैत १५ । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिले कोरोना रोकथाम तथा उपचार कोषमा २ लाख रुपैया सहयोग गरेको छ । जनउत्थानले हाल बिश्वमा तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस र त्यसको संक्रमण बाट बच्न र बचाउनको लागी सहयोग गरेको हो ।

जनउत्थानका अध्यक्ष ज्ञानु पौडेलका अनुसार तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउपालिका र ओमसतिया गाउपालिकाले संचालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थान कोषको तर्फ बाट ५०-५० हजार सहयोह गरेको छ ।

जनउत्थानले शेयर सदस्यहरुलाई कुनै आर्थिक समस्या परे सहयोग गर्ने पनि जनाएको छ । संस्थाले कोरोना भाइरसको माहामारी बाट बच्न र बचाउन सचेत र सतर्क हुन सबैलाई आग्रह गरेको छ ।