भिम अस्पतालमा आइसोलेसन बन्न अझै ७ दिन लाग्ने

भैरहवा, चैत १८। भिम अस्पतालमा बन्ने भनिएको आइसोलेसन अस्पताल तयार हुन अझै एक हप्ता समय लाग्ने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालका अनुसार आइसियु र भेन्टिलेटर सहितको ३५ बेडको सुबिधा सम्पन्न हुने आइसोलेशन अस्पतालमा बन्न एक हप्ता समय थप लाग्ने भएको हो । कोरोरा भाइरस संक्रमितहरुलाई उपचार गर्ने तरिकाले अस्पताल भित्र भेन्टीलेटर ३,आईसियु ५ वेड समेत गरी ३५ वेड बनाइएको छ ।
प्रदेश नं ५ सरकारले सामाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा अस्पतालमा आइसोलेसन निर्माण शुरु भएको हो । बरालले अस्पतालको आइसोलेसनको काम निरिक्षण गर्दै आएका छन ।,