सिद्धार्थ उध्योग बाणिज्य संघ र लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघको क्वारेन्टाइमा सहयोग

भैरहवा, चैत १९ । सिद्धार्थ उध्योग बाणिज्य संघले प्रतिष्ठानमा राखिएका भारतिय नागरिकहरुको लागी ५० हजार रुपैया बराबरको सहयोग गरेको छ । संघका अध्यक्ष कुल प्रसाद न्यौपानेका अनुसार संघले एकद्वार प्रणाली अन्तर्गत सिद्धार्थमगर नगरपालिकाको करोना राहत बितरण कोष मार्फत क्वारेन्टाइनमा रहेका भारतिय नागरिकहरुलाई चाउचाउ , बिस्कुट , चिउरा , पानी सहयोग प्रदान गरेको छ । उता लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले प्रदेश ५ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ । संघले कोषमा एक लाख एघार एक सय एघार रुपैंया सहयोग गरेको हो ।
त्यस्तै संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताए । त्यस्तै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र अरुलाई बचाउन घरमै बस्न संघले आग्रह गरेको छ ।