सिद्धार्थ जेसिज द्वारा ओमसतिया गाउपालिकामा राहत बितरण

भैरहवा, चैत १९ । सिद्धार्थ जेसिजले ओमसतिया गाउपालिकामा राहत बितरण गरेको छ । जेसिजले बिपन्न र दैनिक ज्याला मजदुरी गर्ने ६९ परिवारलाई राहत बितरण गरेको हो ।

विश्वव्यापी ’कोरोना भाइरस’ माहामारिको कारण संकटमा परेका गरिब तथा असहाय परिवारलाई सिद्धार्थ जेसिजले ४ जनाको परिवार भएकाहरुलाई १ हप्ता जति पुग्ने गरि खाद्य सामग्री निशुल्क वितरण गरेको हो। जेसिजले ओमसतिया गाउपालिका वडा नं २ को २७, ओमसतिया वडा नं ४ का ३७ र सिद्धार्थनगर नगरपालिका ८ जना गरि ६९ परिवारलाई राहत बितरण गरेको हो ।

सिद्धार्थ जेसिजका अध्यक्ष मंगल भण्डारीको अध्यक्षतामा मंगलवार ओम सतिया गाविस, वार्ड न. २ पडसरिका २७ जना र सिद्धार्थ नगर पालिकाका ८ जना गरि जम्मा ३५ परिवारलाई चामल, दाल , आँटा, तेल, चिनी,नुन, चियापत्ती , आलु,प्याज, भुजा,सोयाबिन , बिस्कुट , सब्जी मसला आदि गरि लगभग रु ५० हजारको खाद्य सामग्री वितरण गरेको हो।

यस्तै बुधवार ओमसतिया वडा नं ४ मा नेपाली काग्रेशं रुपन्देही जिल्ला सभापतीको अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा ३७ परिवारलाई राहत बितरण गरिएको हो ।