सीमामा अलपत्र भारतीयहरु प्रतिमान नीमा कलेजमा

भैरहवा, चैत १९ । मंगलबार विहानैदेखि आफ्नो देश भारतमा प्रवेशको आशामा सिमा नाका सुनौलीमा पुगेका भारतीय नागरिकलाई अन्ततः भैरहवास्थित प्रतिमाननीमा कलेजमा व्यवस्थापन गरिएको छ । नेपाल भारत सरकारबीचको सहमति अनुसार लकडाउनको समयमा सिमानाकामा अलपत्र करीब १ सय ५० बढी भारतीयहरुलाई मंगलबार सांझ उत क्वारेन्टाईनमा ल्याईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । विश्व महामारीको रुप लिएको कारोनाका संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल भारत दुबै देशमा लकडाउन जारी छ ।

लकडाउनको समयमा पनि मानिसहरुको आवतजावत नरोकिएपछि कोरोनाको संक्रमण उच्च रहेको भन्दै नागरिकहरु जुन देशमा छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने तर सिमा नखोल्ने सहमति दुई देशबीच मैगलबार सांझग गरिएसंगै देश प्रवेशको आशामा रहेका करीब ३ सय नेपाली भारत तर्फ र १ सय ५६ जना भारतीय नेपाल तर्फ रोकिएका छन् । यसरी अलपत्र परेका भारतीयहरुलाई राख्न आफ्नो भवन क्वारेन्टाईनका लागि उपलब्ध गराउने निणर्य गरिएको कलेजका कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिईन् ।

अहिले त्यहां राखिएका भारतीय नागरिकहरुको खाना तथा अन्य व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी सिद्धार्थनगर नगरपालिकाले लिएको उपप्रमुख उमा काफ्लेले जनाईन् । यस्तै नेपाल भारत सीमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखेर व्यवस्थापन गरिएको छ । केही दिनदेखि सीमा क्षेत्र सुनौली दशगजामा बस्दै आएका ३ सय नेपालीलाई नौतनवामा राखिएकोे हो । सीमामा अलपत्र परेका नेपालीलाई भारतको नौतनवातर्फ लगिएको छ भने भारतीय मजदूरलाई रुपन्देहीको भैरहवास्थित प्रतिमान निमा कलेजमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । प्रतिष्ठानले सन् २००३ देखि शिक्षा, स्वास्थ तथा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ, संकटमा परेका मानिसलाई सहयोग गर्नु मानवीय दायित्व हो, प्रतिमान नीमा स्मति प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले भनिन् ।

संकटको समयमा परेका व्यक्तिका साथै राज्यलाई सहयोग गर्नु हाम्रो दायित्व हो ।” सरकारको काममा थप सहयोग होस् भन्ने उद्देश्यले प्रतिष्ठानले यस्तो कदम चालेको उनले बताइन् । क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुको व्यवस्थापनमा बेलहिया समाजले पनि सहयोग गरेको स्थानीय रमेश पोखरेलले बताए । वेलहियाका स्थानीय युवाहरु कोरोना संक्रमणको जोखिम सुरु भएसंगै सिमानाकामा दिनरात खटिएर व्यवस्थापनमा साथ दिईरहेका छन् ।