प्रदेश नं ५ कोरोना भाइरस परिक्षण प्रयोगशालाको टेष्ट रन सफल, आइतवार राती पहिलो नमुना परिक्षण हुदै

भैरहवा, चैत २३ । प्रदेश ५ को भैरहवामा संचालनमा आउने कोरोना भाइरस (कोभिड १९) परिक्षण प्रयोगशालाको उपकरण जडानको काम सकिए लगतै परिक्षण सुरु भएको छ । आईतबार दिउसो मेसिन जडान गरिए लगतै टेष्ट रन सुरु गरिएको थियो । मेसिनको टेष्ट रन सफल भएको छ । अब कोरोनाको लागी बिरामीको स्वाब परिक्षण गर्ने प्रदेश जनस्वास्थ प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए । आइतवार रातीनै भएपनि कोरोना भाइरसको नमुना परिक्षण थाल्ने गरि अहिले उपकरणको प्राविधिक परीक्षणको काम भएको छ । यसै बिच आइतवार प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले प्रयोशालाको निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा मुख्यमन्त्री पोखरेलले प्रयोगशाला लाई प्रदेशकै अत्याधुनिक स्वास्थ प्रयोगशाला बनाउने गरि काम गर्न निर्देशन दिए ।

प्रयोगशाला हाललाई कोरोना भाइरस (कोभिड १९) को परिक्षणको लागी भएपनि प्रदेशमा पुर्ण क्षमताको जनस्वास्थ प्रयोगशालाको आवश्यकता देखिएकोले भैरहवामा प्रदेश स्तरिय जनस्वास्थ प्रयोगशाला संचालनमा ल्याउने गरी काम भएको प्रदेश नं ५ समाजिक बिकास मन्त्री सुदर्शन बरालले बताए । प्रयोगशाला अस्थायी नभएर भविष्यमा पनि अत्याधुनि स्तरको स्वास्थ प्रयोगशालाको रुपमा अघि बढाउने गरि काम भएकोले केही संचालनमा केही दिन ढिला भएको बताए । आइतवार साझ देखि कोरानो आशंका लागेका बिरामीको प्रयोगशालामा स्वाब ¥याल र खकार जाच हुने प्रदेश जनस्वास्थ प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले बताए ।

प्रयोशाला सञ्चालनमा आएपछि प्रदेश पाचका कोरोनाको शंका लागेका बिरामीको स्वाव काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । कोरोना जाँच गर्नको लागी संघिय सरकारले पठाएको प्रोट्रेबल पिसिआर मेसिन रहेको छ । कोरोना परीक्षण गर्ने रियलटाइम पीसीआर र पोटेवल पीसीआर गरी दुई किसिमका उपकरण चाहिन्छ । दुवै उपकरण सञ्चालनका लागि बायो सेफ्टी लेवल प्रयोगशालामा बाहिरी हावासमेत पस्न नसक्ने गरी कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहा प्रयोग गरिएका नमुनाको पनि हानिकारक तत्वबाट जोखिम नहुने गरी बिसर्जन हुन सक्ने वातावरण तयार हुनुपर्छ । प्रयोगशालामा रहेको प्रोट्रेबल पिसिआर लगातार ७२ घण्टा चल्ने क्षमताको रहेको छ । डा गिरीका अनुसार प्रयोगशालाले दैनिक १५ घण्टा चलाएर दिनको १५ वटा सम्म कोरोना भाइरसको नमुना परिक्षण गर्नेछ । प्रदेश सरकारले प्रयोगशालामा तिर्व गतिमा कोरोना भाइरसको नमुना परिक्षणको लागी आरटी पिसिआर मेसिन पनि ल्याउने जानकारी प्रदेश सरकारले दिएको छ ।