मौर्य होटल द्वारा सिद्धार्थनगर नगरपालिकाको विपत् व्यवस्थापन कोषमा ५१ हजार सहयोग

भैरहवा, चैत २४ । मौर्य होटलले नगरपालिकाको विपत् व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरेको छ । सोमवार मौर्य होटल प्रा लीले सिद्धार्थ नगरपालिकाले स्थापना गरेको कोषमा ५१ हजारको चेक हस्तान्तरण गरेको हो ।

होटलका संचालक राम बहादुर कोइरीका अनुसार होटलले एक द्वार प्रणाली अनुसार राहत वितरण गर्ने निर्णय गरेर नगरपालिकालाई चेक हस्तान्तरण गरेको छ ।