ओमसतिया गांउपालिका राहत बितरणका लागी लगत संकलन कार्य सम्पन्न

भैरहवा, चैत २५ । ओमसतिया गांउपालीकाले गांउपालिका क्षेत्र भित्र राहत बितरणका लागी लगत संकलन कार्य सम्पन्न गरेको जनाएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागी गांउपालीकाले आप्नौ क्षमताले भ्याएसम्म काम गरिरहेको ओमसतिया गांउपालीकाका अध्यक्ष हिरा केवटले जानकारी दिनु भयो । कोरोना नियन्त्रणका लागी गांउपालीकाको बिपत कोषमा ५० लाख जम्मा गरि काम सुरु गरिएको अध्यक्ष केवटले जानकारी दिनु भयो । गांउपालीका भित्र रहेका ६ वटा वडाहरुमा गरिबिको तथ्याङ्ग संकलन गरिसकेको अध्यक्ष केवटले बताउनु भयो । गांउपालीकामा करिब २ हजार घर परिवारमा राहत बितरण गर्नु पर्ने देखएिको र त्यसको सबै तयारी पुरा भएको गांउपालीकाले जनाएको छ । हामीले सबै प्रसाशनिक कामहरु पुरा गरिसकेका छौ अब राहत बितरण गर्ने काम बांकी छ यो हामी एक दुई दिन भित्रमा गर्दछौ अध्यक्ष केवटले भन्नु भयो । राहतमा चामल, दाल नुन , सोयाबिन , पिठो , तेल लगायतका सामग्रीहरु राखिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागी गांउपालीकाले हरेकको घर घरमा दुई पिसका दरले साबुन उपलब्ध गराई हात धुने बिषयमा सचेत समेत गराईएको उहाले बताउनु भयो । गांउपालीकामा सर्बसाधारणको लागी मास्कको पनि ब्यावस्था गरिएपनि अभावका कारण सबै स्थानमा पुराउन नसकिएको उहाले बताउनु भयो । हामी मास्क सहज हुने बितिकै बांकी स्थानहरुमा पनि उपलब्ध गराउने छौ त्यसका लागी हरेक वडाहरुले पनि हेरीरहेको उहाले बताउनु भयो । यो समयमा सरकारले लागु गरेको लकडाउनको पालन गर्न सबै गांउपालीकाबासीहरुमा समेत आग्रह गरेका छन् ।