सियारी गांउपालीकाले कोरोना नियन्त्रणका लागी २५ लाख रुपैयाको बिपत कोष स्थापना

भैरहवा, चैत २५ । रुपन्देहीको सियारी गांउपालीकाले कोरोना नियन्त्रणका लागी २५ लाख रुपैयाको बिपत कोष स्थापना गरि काम गरेको छ । बिश्वभर देखीएको कोरोनाको भयावह स्थितीलाई हेरेर गांउपालीकामा पनि सहजता अपनाउने उदेश्यले गांउपालीकाले सबै वडाहरुमा जनचेतनामुलक सन्देश माईकिङ्ग गर्ने र सबै क्षेत्रमा किटनाशक औषधि छर्किने कार्य सम्पन्न भएको गांउपालीकाका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । साथै गांउपालीकाले बिभिन्न क्षेत्रमा पहिलो चरणमा रहत समेत बितरण गरि सकेको जनाएको छ । गांउपालीका भित्र रहेका निम्न आय भएका दैनीक ज्यालादारी गरेर खर्च चलाएका परिवारलाई अवस्था हेरी राहत बितरण गरिएको गांउपालीकाका कार्यकारी प्रमुख मिन प्रसाद बस्यालले जानकारी दिनु भयो । गांउपालीका भित्र रहेका करिब सात सय परिवारलाई परिवारको संख्याका आधारमा राहत बितरण गरिएको कार्यकारी अधिकृत बस्यालले जानकारी दिनु भयो । गांउपालीकाले परिवारको सदस्य संख्याको आधारमा दश किलो र बिस किलो चामलका दरले दाल, नुन लगायतको राहत प्याकेज बनाएर बितरण गरिसकेको जनाएको छ । दोस्रो चरणमा छुटेकाहरुको लगत लिएर बितरण गर्ने जनाईएको छ । त्यसैगरी गांउपालीका भित्र रहेका स्वासथ्य संस्थाहरुका लागी आबस्यक सुरक्षाका समनाहरु केही उपलब्ध गराईएको र केही बांकी समानहरु थप गर्ने प्रकृयामा रहेको गांउपालीकाले जनाएको छ ।