कृषिमन्त्री घनश्याम भुषालले भैरहवामा पठाए कोरोना परीक्षण गर्न अत्याधुनिक उपकरण

प्रतिक पौडेल

भैरहवा, चैत २९ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले कोरोना परीक्षणमा तिब्रता दिनका लागि भैरहवामा आत्याधुनिक पीसीआर पठाएका छन् । । बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको रोगथाम गर्नको लागी भाइरस चेकजाच गर्ने मेसिन आर टि पिसिआर मन्त्री भुसालको निर्देशनमा भैरहवा पठाइएको हो ।

मन्त्री भुसालका स्वकिय सचिव मनोज कुमार रिजालका अनुसार नेपाल कृषी अनुशन्धान परिषद् बिउ बिज्ञान प्रविधी माहाशाखा खुमलटारको मोलेकुलर ल्याबमा भएको आर टी पिसिआर मेसिन भैरहवा प्रदेश जनस्वास्थ प्रयोगशालाको लागी हस्तान्तरण गरिएको छ ।

आर टी पिसिआर मेसिन आत्याधुनिक मेसिन हो । मेसिनले एक पटकमा ९६ वटा परीक्षण गर्न सक्छ । सो उपकरणमा ९६ स्वाब परिक्षण गर्न पाँच घण्टासम्म लाग्ने गर्छ ।

प्रदेश नं ५ सरकारले कोरोना भाइरस परिक्षण गर्नको लागी आर टी पिसिआर मेसिन खरिद गर्ने तरखर गरिरहेको बेला मन्त्री भुसालले मेसिन पठाएका हुन् । उक्त मेसिन शनिवारनै प्रदेश नं ५ प्रदेश जनस्वास्थ कार्यालयलाई हस्तान्तरण गरि काठमाडौं बाट भैरहवा पठाइएको छ ।

मेसिनको सहयोगले दुर्त गतिमा कोरोना भाइरसको परिक्षण हुनेछ । कृषी मन्त्री भुसालको निर्देशनमा यस अघि धनगढी र चितवनमा पनि आर टी पिसिआर मेसिन हस्तान्तरण गरिएको छ । अहिले धनगढि र चितवनमा उक्त मेसिनको सहयोगमा कोरोना भाइरसको परिक्षण हुदै आएको छ ।