शसस्त्र प्रहरी बल ३८ नं गुल्म राजश्व गस्ति डण्डा रुपन्देहीमा शसस्त्र प्रहरी अधिकृत बिच हात हालाहाल । अख्तियार द्धारा गुल्ममा छापा ।


भैरहवा बैशाख ९
शसस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म राजश्व गस्ति डण्डा रुपन्देहीमा आफ्नै जुनियर अधिकृतले डिएसपि माथी हात हालेका छन् ।
सोमबार सांझ गुल्म परिषरमै शसस्त्र प्रहरी निरिक्षक केशव भट्टराईले डिएसपि मान बहादुर शाही माथी अभद्र ब्यावहार गरेका हुन । घटना लगतै शसस्त्र प्रहरी निरिक्षक केशव भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आगोग बुटवल स्थित कार्यालयमा फोन गरि डिएसपि शाहीले आफुहरुलाई रासन नदीएको , बिदाको तलब नदीएको लगायत अनियमीतता गरेकोले छानबिन गर्न आग्रह गर्दै फोन गरेका थिए । घटनामा अर्का शसस्त्र प्रहरी निरिक्षक दयाराम पौडेल पनि संम्लग्न रहेको जनाईएको छ ।
त्यस लगतै मंगलबार बिहान साढे ११ बजे अख्तियारको ५ सदसिय टोली आएर गुल्ममा खानतलासी गरेको थियो । कार्यालयमा अख्तियारको टोली आएर सामान्य सोधपुछ मात्र गरेको अन्य केही भएको छैन शसस्त्र प्रहरी निरिक्षक दयाराम पौडेलले भने । तपाईहरु दुई जनाले डिएपिले राशन दिएन , बिदा दिएन भनेर सोमबार सांझ डिएसपि माथी हात हालाहाल भएको रहेछनी भन्ने प्रश्नमा उनले त्यो सामान्य कुरा मात्र भएको दाबी गरे । अर्का प्रहरी निरिक्षक केशब भट्टराईको मोवाईल भने अफ छ । डिएसपि मानबहादुर शाहीले घटना सामान्य रहेको बताए । केही असमझदारिका कारण सामान्य बिवाद भएको डिएसपि शाहीले बताए ।
आर्थिकका बिषयमा डिएसपि र शसस्त्र प्रहरी निरिक्षक बिच पहिले देखी असमझदारि रहदै आएको श्रोतको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रबक्ता सुरेश भुषालले आफु बाहीर भएकाले यस बिषयमा भोली मात्रै बताउन सक्ने बताए ।