सुनौली क्वारेन्टाईनमा बसेका १०२ नेपाली सुक्रबार स्वदेश फर्किए ।


भैरहवा बैशाख १२,
सुनौलीमा क्वारेन्टाईनमा बसेका १०२ नेपाली सुक्रबार स्वदेश फर्किएका छन् । उनिहरुलाई सिमानाका बेलहीयामा कोरोना परिक्षण गरेपछि मात्र संम्बन्धीत जिल्लामा पठाईएको छ । सुनौलीमा रहेका ३ सय ४१ मध्ये सुक्रबार १०२ जनालाई नेपाल ल्याईएको हो । पहिलो दिन कोरोना परिक्षण गर्न समय लाग्ने भएकाले कम ल्याईएको र शनिबार बिहानै देखी बांकी नेपालीलाई ल्याईने रुपन्देहीका प्रमुख जिल्ल अधिकारी महादेब पन्थले जानकारी दिनु भयो ।
उनिहरुलाई सिमा नाका बेलहीया ल्याएर कोरोना परिक्षण पछि मात्र संम्बन्धीत जिल्ला प्रशासन संग समन्वय गरेर घर पठाउने ब्यावस्था रहेको प्रजिअ पन्थले जानकारी दिनु भयो । सिमाक्षेत्र सुनौलीमा ३ सय ४१ नेपाली क्वारेन्टाईनमा बिगद २५ दिन देखी थिए ।
उनिहरुलाई ईन्टर कलेज नौतनवा, मोर्डन कलेज नौतनवा, सिटि होस्टल सुनौली वाईपास, र सुवास बोस जुनियर ईन्टरकलेज सुनौलीमा राखिएको ईलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरिक्षक ईश्वरि अधिकारीले बताउनु भयो ।


रुपन्देही,अर्घाखांची,पाल्पा,चितवन,तनहु,बारा,कपिलबस्तु,प्युठान,धादीङ्ग,बाग्लुङ्ग,स्याङ्गजा, जाजरकोट, खोटाङ्ग,बांके,मोरङ्ग,सुनसरि र पुर्बी नवलपरासी गरि १८ जिल्लाका नागरिक छन् ।
अर्घाखाचीका ४०, गुल्मीका ३०, पाल्पाको ६, बाग्लुङको ४ रुपन्देहीको ५, धादिङको २, तनहुको ७, कपिलवस्तु २ तथा मोरङ, जाजरकोट, खोटाङ र स्याङजाको १र१जना सुक्रबार आएका हुन ।
आफुहरुलाई सुनौली क्वारेन्टाईनमा रहदा आवासका साथ साथै दैनिक रुपमा स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परिक्षण गराईरहेको गुल्मी धुर्कोट नयांगांउका अनिल खत्रीले बताउनु भयो । आप्नौ नागरिक लिन सिमा नाका बेलहीया बस लिएर पुगेका मालारानी गांउपालीकाका अध्यक्ष बालकृष्ण आर्चायले गांउपालीका लगेर क्वारेन्टाईनमा राख्ने बताउनु भयो । भारतमा रहेको समयमामा नेपालीलाई दुरी कायम गरेर राखीएको छैन त्यस कारण गांउपालीका पुराएपछि १४ दिन क्वरेन्टाईमा राखिने अध्यक्ष आर्चायले बताउनु भयो ।
सिमाक्षेत्रमा खटिएका प्रदेश सभा सदस्य सन्तोश पाण्डेले कोरोना परिक्षणमा पोजेटिभ देखीएकालाई भैरहवामै राखीने र अन्यलाई सम्बन्धीत जिल्लामा पठाईने जानकारी दिनु भयो । उनिहरुलाई सिमा नाकामा बेलहीयामा कोरोना परिक्षण पछि मात्र संम्बन्धीत जिल्लामा पठाउने जनस्वास्थ्यका भेक्टर कन्टोलर केदार नाथ शाहले बताउनु भयो ।