लायन्सद्धारा वेलहियामा होलबडि डिस्ईन्फेक्सन मेसिन जडान, सिद्धार्थनगरपालिकाले व्यवस्थापन गर्ने ।

सम्झना शर्मा

भैरहवा, बैशाख १८

नेपाल भारत सिमानाकामा रहेको वेलहिया नाका देशको दोस्रो ठुलो नाका हो । सामान्य अवस्थामा दैनिक साढे पांंचसय भन्दा बढी सवारी यो नाकाबाट भित्रिने गरेका छन् । लकडाउनको समयमा संख्यामा केही कमि भएपनि भारतीय मालबाहक सवारी भित्रिरहेका छन् । भारतमा कोरोना भाईरस संक्रमितको संख्या बढेर बुधबार दिउंसो सम्म साढे ३१ ह्जार पुगेको छ भने हजार बढीको कोरोनाबाट ज्यान गएको छ । खुल्ला सिमानाका कारण भारतबाट कोरोना भित्रिन सक्ने उच्च जोखिम रहेको भन्दै सिमामा व्यतिmको आवत जावत बन्द गरिएको छ । सिमाबाट लुकिछिपी कोही नेपाल प्रवेश नगरुन भनेर एकले अर्कोलाई देख्ने गरी शसस्त्र प्रहरीले दिनरात गस्ती गरिरहेको छ । सिधै व्यतिmको प्रवेश रोकिएपनि मालबाहक सवारीका चालक, सहचालक वेलहिया नाका हुंदै नेपाल प्रवेश गर्दा कतै कारोना पनि संगै त आउने होईन् भन्ने वेलहियावासी लगायत सबैलाई त्रास थियो । यसको जोखिम कम गर्न सिमामा साबुन पानीले हात धोएर,ज्वरो नापेर प्रवेश गर्ने व्यवस्था त सुरुबाटै गरिएको छ तर यो अवस्थामा यति प्रायाप्त पक्कै थिएन् । यहि कुरालाई मध्येनजर गर्दै सामाजिक रुपमा क्रियाशिल संस्था लायन्स क्लब डिष्ट्रिक ३२५ बि २ को संयोजनमा सबै लायन्स क्लबहरुको सहकार्यमा कोविड १९ डिस्ईन्फेक्सन स्यानिटाईजर मेसिन नेपाल प्रवेश गर्ने दशगजा किनार नेपालतर्फ जडान गरिएको छ । सिमाबाट भारतीय सवारीचालक , सहचालक नेपाल प्रवेशले कोरोनाको जोखिम बढाएको उतm मेसिन सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गर्ने गरी जडान गरिएको लायन्स क्लब डिष्ट्रिक ३२५ वि २ का को सिफ्ट एडभाईजर नवराज न्यौपानले बताउनु भयो ।

कोविड १९ नियन्त्रणमा विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर दांङ्घका युवा वैज्ञानिक मार्सल रोकाको टीमले तयार गरेको यो मेसिनको मुल्य १ लाख ६० हजार रहेको छ । मेसिनलाई सिमासम्म पुरयाई जडान गर्दासम्म अन्य खर्च सहित करीब ५ लाख लागत रहेको कलबले जनाएको छ । जसमा १ हजार लिटरको ट्याङ्घकी जडान गरिएको छ । १ हजार लिटरको टरयाक्की जडिट उतm मेसिन सिमा क्षेत्रमा प्रवेश गर्ने विन्दुमा राखिएको छ । सिमाबाट प्रवेश गर्ने चालक सहचालकका कारण सम्पुर्ण देशवासी जोखिममा रहेकोले सिद्धार्थनगर नगरपालिकालाई ६ महिनासम्म व्यवस्थापन गर्ने गरि हस्तान्तरण गरिएको लायन्स डिष्ट्रिक ३२५ बी २ का एरिया चिफ एडभाईजर विनोद खरेलले बताउनु भयो । उहांले भन्नु भयो “यहांको लागि यो मेसिन निकै आवश्यक थियो त्यसैले हामीले सबै लायन्सको सहकार्यमा जडान गरेका हौं ।” मेसिन विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर तयार गरिएको समेत खरेलले दावी गनुभयो ।

यसरी जडिट होलबडी स्यानेटाईजरले व्यतिmीका शरिरमा सिधै क्यमिकल प्रवेश नगरी हावा मार्फत शरिरलाई स्यानिटाईजर गर्ने युवा वैज्ञानिक मार्सल रोकाले जानकारी दिनुभयो । स्थानीय कच्चा पदार्थ प्रयोग गरी निर्माण गरिएको सो मेसिनमा १ हजार लिटरको ट्यांकी फिट गरिएको छ । व्यतिm एक तर्फबाट मेसिनको भित्र प्रवेश गर्ने वित्तिकै अटोमेटिक रुपमा मेसिन चल्ने र व्यतिm बाहिर निस्किने वित्तिकै रोकिने गर्दछ । कोरोनाबाट बच्नको लागि सबैभन्दा उत्तम उपाय यही मेसिन रहेको रोकाको दावी छ ।

कोरोना भाईरस संक्रमणबाट बच्नको लागि सबै स्वास्थ्य संस्था लगायतका धेरै भिडभाड हुने ठाउंमा यस्ता मेसिन जडान गर्नुपर्ने उहोको सुझाव छ । तर यसरी जडान गरिने मेसिनको गुणस्तरमा भने ध्यान दिन जरुरी छ रोका भन्नुहुन्छ । मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीले यसको व्यवस्थापनमा नगरपालिकाले विषेश ध्यान दिने प्रतिवद्धता जनाउनु भयो ।

कोरोना संक्रमणको विषम परिस्थितिमा दाङ्घका युवा वैज्ञानिकहरुले गरेको काम प्रसंसनीय छ ।

संकटको समयमा अरुले केही गरेन भन्दा पनि आफुले के गर्ने भनेर सधै आफुहरु लागि पर्ने भन्दै भारतीय विगतमा भारतले लगाएको नाकाबन्दीमा सल्लाको खोटोबाट प्रेटा्रेल बनाउने पनि यिनै रोका हुन । यसरी युवाहरु नयां आविश्कारतिर आकषर््िात भईरहेको अवस्थामा सरकारले यिनीहरुको भनोवल बढाउने खालका कार्यक्रमहरु ल्याउने हो भने वेरोजगारको नाममा युवा विदेशिन नपर्ने तथा क्षमतावान युवाले अवसर पाउने जानकारहरु बताउंछन् ।