भैरहवामा दैनिक ५ सय स्वाब परिक्षण गर्न सकिने तिन मेसिन ठप्प । किट अभावमा परिक्षण कार्य रोकियो ।

भैरहवामा दैनिक ५ सय स्वाब परिक्षण गर्न सकिने तिन मेसिन ठप्प ।
किट अभावमा परिक्षण कार्य रोकियो ।
भैरहवा बैशाख २५,
भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोरोना परिक्षण रोकिएको छ ।
जनस्वास्थ्य प्रमुख डा.राजेन्द्र प्रसाद गिरिका अनुसार ल्यावका लागी आबस्यक आर.एन.ए किट आए संगै परिक्षण सुरु हुने छ । परिक्षणका लागी आरटि पिसिआर( पि . सि. आर ) र आर.एन.ए किट आबस्यक पर्नेमा हामी संग आर .एन ए किट छैन , यो किट परिक्षणको पहिलो चरणमानै चाहीने हो जनस्वास्थ्य प्रमुख गिरिले भने । हामीकहा पिसिआर ५ सय र आरएनए २ सय ५० पिस आएको थियो । आरएनए सकिएसंगै परिक्षण पनि बन्द छ । पिसिआर किट ल्याव संग छ । पिसिआर भनेको कोरोना परिक्षणमा दोस्रो चरणमा चाहीने हो पहिलो चरणमा चाहिने किट सकिएपछि समस्या भएको छ डा गिरिले भने । ल्याब बिगद चार दिन देखी बन्द अवस्थामा छ । आबस्यक परेको परिक्षण काठमाण्डौ लगायत अन्य स्थानमा पठाउने गरिएको छ । ल्याबमा चाहिने सहायक सामाग्री अभावले गर्दा ल्याव नियमित चल्न सकिरहेको छैन डा. गिरिले भने ।
सरकारले कोरोना भारईसरको परिक्षणलाई प्रभावकारी रुपमा छिटो छरीतो बनाउनका लागी सबै प्रदेशमा ल्याव संञ्चालन गर्ने निर्देशन दियो । सरकारको निर्देशन अनुरुप चिन बाट आएको पिसिआर मेशिन सबै प्रदेशहरुमा पठाईयो । त्यही मेसिन प्रदेश ५ को भैरहवामा पनि आईपुग्यो । मेसिन आएको धेरै समय पछि परिक्षण सुरु भयो । यो मेसिनले दैनिक सरदर १२ वटा परिक्षण गर्दै आएको छ ।
यो मेसिन बाट परिक्षण भैरहदा परिक्षण छिटो र छरितो बनाउने उदेश्यले बुटवल स्थित नेशनल प्याथ ल्यावले कोरोना अबधि भरका लागी संञ्चालन गर्नका लागी प्रदेश सरकारलाई चैत्र २८ गते अर्को पिसिआर मेसिन उपलब्ध गराएको थियो । यो मेसिन बाट दैनिक दुई सयको रिपोर्ट आउने नेशनल प्याथ ल्याबका संचालक शरद भुषालले को दाबी छ ।
त्यस लगतै कृर्षी मन्त्री धनश्याम भुषालले अर्को ठुलो संख्यामा एकै पटक धेरै परिक्षण गर्न मिल्ने पिसिआर मेसिन उपलब्ध गराए । नेपाल कृषी अनुशन्धान परिषद् बिउ विज्ञान प्रविधि माहाशाखा खुमलटारको मोलेकुलर ल्याबमा भएको आर टी पिसिआर मेसिन चैत्र २९ गते भैरहवामा रहेको प्रदेश जनस्वास्थ प्रयोगशालाको लागि हस्तान्तरण गरिएको थियो । आर टी पिसिआर मेसिन आत्याधुनिक मेसिन हो । यो मेसिनले पांच घण्टामा ९६ वटा परीक्षण गर्न सक्छ । यो मेसिन दैनिक १५ घण्टा चलाउदा ३०० परिक्षण गर्न सकिन्छ । तर त्यो पनि संञ्चालन हुन सकेन ।
प्रदेश ५ मा १ सय ३० जना स्वास्थ्य कर्मीलाई स्वाब परिक्षणका लागी तालीम दिईएको छ । एक दिने तालीम दिईएको स्वास्थ्य कर्मिलाई फिल्डमा खटाईएको छ । एक दिन तालीम लिएकाले स्वाब संकलन सहित तरिका बाट गर्दछन् भन्नेमा आशंका रहेको स्वास्थ्यकर्मीहरु बताउछन् ।
दैनिक १ सय ५० जनाको स्वाब संकलन गर्न सकिने जनस्वास्थ्य प्रमुख डा राजेन्द्र कुमार गिरि बताउनु हुन्छ । दैनिक स्वाब संकलन गर्न सकिने क्षमताको हिसावले परिक्षण ढिला हुने उनले बताए । भैरहवामा रहेको ल्यावमा हाल सम्म ३ सय ५५ जनाको स्वाब संकलन गरिएकोमा ३ सय ५२ जनाको परिक्षण भएको छ । जस्का एक जनामा पोजेटिभ देखएिको छ भने तिन जनाको परिक्षण प्रोस्सिड.मा रहेको छ ।
हलको अवस्थामा ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागी प्रयाप्त सुरक्षा सामाग्री रहेको छ । धेरै समय पछि केही कमीकमजोरी र अभाव देखीएला तर अहिले स्वास्थ्यकर्मिहरुका लागी पिपिई लगायत सुरक्षाका सामाग्रीमा अभाव छैन डा. गिरिले भने । अहिले ल्याव संञ्चालन देखी फिल्डमा स्वाब संकलनमा खटिएका कुनै पनि स्वास्थ्यकर्मीको कोरोना परिक्षण गरिएको छैन । प्रयाप्त मात्रामा किट नभएकाकारण स्वास्थ्यकर्मीहरुको स्वाब परिक्षण गर्न सकिएको छैन उनले भने ।
प्रदेश ५ मा १ हजार ३ सय ६६ स्वाब संकलन भएको छ । संकलीत स्वाब मध्ये १ हजार २ सय ३८ को परिक्षण नेगेटिभ छ । २४ जनामा पोजेटिभ देखीएको छ भने १ सय ४ जनाको परिक्षण गर्न बांकी छ ।