अतिक्रमित लिपुलेक बिवाद समाधान गर्न रुपन्देहीका राजनैतिक दलहरुको माग ।


भैरहवा बैशाख २९,
भारतले नेपाली भूभाग अतिक्रमण गरि लिपुलेक हुदै मानसरोबर जाने सडक बनाएको भन्दै रुपन्देहीमा अतिक्रमण भुभाग फिर्ता गर्न माग गरेका छन् । राजनितीक दलहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी महादेव पन्त मार्फत प्रधानमन्त्रीलाई लाई ज्ञापन पत्र बुझाउदै अतिक्रमित भुभाग फिर्ताको लागी कुटनितिक पहल गर्न माग गरेका हुन् ।
राजनितिक दलहरुले सीमा मिचिादा पनि थाहा नपाएझैं गरी चुप लागेर बस्ने वर्तमान सरकारको कार्यले थप शसंकित बनाएकोले आफुहरुको आपत्ती रहेको जानकारी दिएका छन् ।
यस्तै राजनितिक दलले कोरोना माहामारीको कारण बिदेश र भारतिय सिमामामा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न समेत माग गरेका छन् । किसानहरुको बाली लगाउने समय भएकोले किसानहरुलाई मलखाध बिउ भिजन सहजताका साथ उपलब्ध गराउन राजनितिक दलले माग गरेका छन् ।
नेपाली कांग्रेश रुपन्देही जिल्ला सभापती अब्दुल रज्जाकको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेपछि राजनितिक दलहरुले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा हस्तान्तरण रज्जाक संगै जनता समाजवादी पार्टीका राम अवतार यादव, अजय बर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सागर प्रताप राणा, अजय कुमार गुप्ता, शंकर खत्री , ताहिर अली, नेकपा क्रान्तीकारी माओवादीका मोजिव अली, राष्ट्रिय जनमुक्ती पार्टीका प्रेम बहादुर थापा, टिपु सुल्तान, लगायतको उपस्थिती रहेको थियो ।