सिमानाकामा नेपालीहरुको अवस्था दर्दनाक । हप्तादिन लगाएर हिडेर आए । भेडाबाख्रा झै ट्रकमा कोचिएर फर्काईए ।


भैरहवा बैशाख २९
भारतमा लकडाउनमा केही खुकुलो भए संगै नेपाल भारत सिमा नाकामा प्रभासि नेपालीहरु आउने क्रम तिब्र रुपमा बढेको छ ।
सोमबार मात्रै बेलहीया नाकामा ३ सय बढी नेपाली आएका छन् । भारतको बिभिन्न स्थानहरु बाट गोरखपुर सम्म बस र रेल मार्फत आएका उनिहरु गोरखपुर बाट भने हिडेरै बेलहीया नाका सम्म आउने गरेका छन् । त्यसरी आउनेहरुमा ६ महिनाका सुत्केरी आमा सहितका बच्चाहरु पनि रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरिक्षक ईश्वरी अधिकारीका अनुसार सिमा नाका सुनौलीमा करिब २ हजार नेपाली छन् । आदिकारीक रुपमा भारतीय क्वारेन्टाईनमा १ हजार छन् भो बाकी १ हजार सडक किनारा , बसपार्क , धार्मीक मठमन्दीर लगायतका स्थानहरुमा यत्रतत्र छरिएका छन् । भारतले अब आउने नेपालीलाई क्वारेन्टाईनमा राख्न नसकिने चेतावनी दिईसकेको छ प्रहरी निरिक्षक अधिकारीले भने । २५ दिन क्वारेन्टाईन पुरा गरेपछि नेपाल ल्याउनु पर्नेमा नेपाल सरकारले त्यस तर्फ ध्यान नदीदा भारतीय पक्षले समय पुरा गरेका नेपालीलाई बुझ्न दवाव दिएको छ । यस अगाडी नेपालले ३ सय नेपालीलाई स्वदेश भित्राएको थियो । त्यस पछि नेपाल सरकारले बांकी नेपाली ल्याउने बिषयमा पहलनै गरेको छैन ।
सोमबार तिन सय बढी नेपाली प्रबेस नेपाल गर्न खोजेपछि ……


सोमबार दिउसो करिब १ बजे तिर ३ सय बढी नेपाली सिमा नाका बेलहीया प्रबे गर्न खोजेपछि सुरक्षाकर्मी केही समय तनाबमा परे । धन्न भारतीय सुरक्षाकर्मीले समन्वय गरेर उनिहरुलाई भारत तर्फ नै फर्काउन सफल भए । भारतको बिभिन्न स्थानबाट आएका उनिहरुलाई भारतीय प्रहरीले तापक्रम नापेर नेपाल बाट फर्किएका खाली ट्रकमा लोड गरेर क्वारेन्टाईनमा फर्काएको छ । उनिहरु आईतबार सांझ सिमा नाकामा आएर सडकमा यत्रतत्र छरिएर बसेका थिए । त्यहा आएका ६ महिनाका बच्चा देखी बृद्धबृद्धा सम्म रहेका थिए । उनिहरु सबैलाई ट्रकमै कोचेर भारतीय प्रहरीले क्वारेन्टाईनमा लगेको छ । ट्रकमा कोचिएकाहरुले केहीबेर हो हल्ला गरेपछि प्रहरीले केहीलाई लाठी समेत प्रहार गरेको थियो ।
मोदीले आप्नौ नागरिकलाई स्वदेश ल्याएझै हामी पनि सिमाना सम्म पुगे सरकारले हामीलाई घर सम्म पुग्न गाडीको ब्यावस्था गर्ला भनेर खुसि भएका थियो तर यहा त भारत तर्फनै ट्रकमै कोचेर फर्काईदियो भारतको गाजिया बाद बाट आएकी धादीड.की ६ महिनाकी सुत्केरी मिना तामाड.ले दुखेसो पोखिन ।


भारतका बिभिन्न सहर हरुबाट नेपाल आउनेहरुको संख्या दिन प्रतिदीन बढ्दै गैरहेको छ । अहिले सम्म नेपार भारत सरकारको सहमती अनुसार नेपाल तर्फ रहेका भारतीय नेपालको क्वारेन्टाईनमा छन् भने भारत तर्फ रहेका नेपाली सुनौलीको क्वारेनटाईनमा छन् । भारतले अब आउने नेपालीहरुलाई क्वारेन्टाईनमा राख्न नसक्ने चेतावनी पटक पटक दिईसकेको छ ।
भारतको सुनौलीमा रहेको क्वारेन्टाईनमा अहिले करिब एक हजार रहेका छन् भने अन्य नेपाली दाया बाया छरिएर रहेको बेलहीयाका स्थानिय धर्मराज गिरिले बताए । सिमा क्षेत्रमा नेपालीहरु आउने क्रम बढे संगै सुरक्षा सर्तकताका बिषयमा सुरक्षा निकाय गंभिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हेम कुमार थापाले बताए । केन्द्रबाट कुनै निर्देशन नआएसम्म जिल्ला बाट केही निर्णय गर्न मिल्दैन प्रहरी उपरिक्षक थापाले भने ।
मायादेवी गाउंपालिकामा क्वाईन्टाईनमा व्यवस्थापनमा स्थानीयको अवरोध,
स्थानीय तहमा कोरोनाको त्रासले स्थानीयहरुले क्वारेन्टाईन संचालनमा समेत अबरोध गर्न थालेका छन् । रुपन्देहीको मायादेवी गाउंपालिमा भारतबाट आएकाहरुलाई नजिकै राख्दा कोरोना सर्नसक्ने भन्दै मायादेवी गाउंपालिका वडानम्बर ३ बरेवा माविमा क्वारेन्टाईन संचालनमा स्थानीयले अवरोध गरेको गाउंपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार लकडाउनकै समयमा भारतबाट आएका ७२ जनालाई वडा नम्बर १ स्थित जनजागृति विद्यालयमा व्यवस्थापन गरिएको थियो । उनीहरु मध्ये १० जनालाई अन्य सथानमा व्यवस्थापन गर्ने गरी वरेवा माविलाई क्वारेन्टाईन बनाउने योजनामा गाउंपालिका लागेको थियो । ५० जना क्षमता भएको जनजागृति विद्यालयमा अहिले ७२ जना राखिएको छ । बांकीको व्यवस्थापन गर्न वरेवा माविलाई क्वारेन्टाईन बनाउन पहल भईरहेको अवस्थामा केही व्यतिmले राजनीति गरेर स्थानीयलाई उक्साएको अध्यक्ष चौधरीले जानकारी दिए । घरको नजिक क्वारेन्टाईन राख्दा कोरोना सर्छ भन्दै केही व्यतिm र माननीय समेतले स्थानीयमा भ्रम सृजना गरेको केही स्थानीय बुद्धिजीविहरुले नै बताएका छन् ।