एभरेष्ट बैंक सिद्धार्थनगरद्धारा विपन्नलाई राहत

भैरहवा, बैशाख ३०

एभरेष्ट बैक सिद्धार्थनगर शाखाले विपन्न परिवारका लागि राहत सामग्री वितरण गरेको छ । बैंकको शाखा कार्यालय रहेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का २५ घरपरिवारका लागि बैकमा कार्यरत कर्मचारीहरुले खाद्यन्न सामग्री हस्तान्तरण गरेका हुन ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको रोकथामका लािग सरकारले गरेको लकडाउनको समय लम्बिदै जांदा विपन्न परिवार यसको मारमा परेका छन् ।

संकटको समयमा एभरेष्ट बैंक सधै जनताको साथमा छ भन्ने अनुभुति गराउन पनि राहत उपलब्ध गराईएको बैंक सिद्धार्थ नगरका प्रबन्धक शान्ति शर्माले जानकारी दिनुभयो ।

राहत वितरणमा वडा नम्बर १२ का अध्यक्ष करुङ्घजंग श्रेष्ठ, एभरेष्ट बैंकका क्षेत्रिय प्रबन्धक विष्णु ज्ञवाली लगायत बैंकका बर्कचारीको उपस्थिति थियो । सामाजिक दुरी कायम गर्दै विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

सरकारको काममा सहयोगीको भुमिका निभाएको भन्दै एभरेष्ट बैंकलाई अध्यक्ष श्रेष्ठले धन्यावाद दिनुभयो । बैंकले संघीय सरकारले स्थापना गरेको कारेना भाईरस रोकथाम तथा उपचार कोषमा ६० लाख, सात वटै प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा ६/ ६ लाख गरी महामारीमा सरकारलाई १ कारोड २ लाख सहयोग हस्तान्तरण गरिएको क्षेत्रीय प्रबन्धक ज्ञवालीले जानकारी दिनुभयो । बैंकले यस अघि आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत सिद्धार्थनगर नगरपालिकामा रहेको स्वर्गद्धारी घाटमा ६० लाख मुल्यको वाताअनुकुलित आधुनिक प्रविधियुतm शब दाह गृह नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।