सक्षम सहारा बहुदेशिय महिला समुह किसोरपुर द्धारा थप राहत बितरण ।


भैरहवा बैशाख ३०,
सक्षम सहारा बहुदेशिय महिला समुह सिदार्थनगर ६ किसोरपुरले गरिब असहाय परिवारका लागी थप राहत बितरण गरेको छ । संस्थाका अध्यक्ष शान्ता कडेलको अध्यक्षता तथा संबिधान सभा सदस्य तथा समाजसेबी ईस्तियाक अहमद खांको प्रमुख आथित्यतामा राहत बितरण गरिएको हो । समुहले यस अगाडी पनि पटक पटक राहत बितरण गर्दै आएको थियो । सोमबार आयोजीत राहत बितरणमा समुहले किसोरपुर आसपासका क्षेत्रका निम्न आय भएका करिब ७० जनालाई राहत बितरण गरिएको थियो । सो क्रममा चामल , दाल , नुन, सोयाबिन , तेला लगायतका खाद्ध सामाग्री प्रदान गरिएको थियो । यस अगाडी समुहले समाजमा बिभिन्न रचनात्मक काम गर्दै आएको थियो । यसै बिचमा सुरुका दिनमा पनि समुहले कोरोना भाईरस बाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा चिकत्सिकको टोलीनै सहभागी गराएर जनचेतनामुलक कार्यक्रम संञ्चालन गरेको थियो ।