क्वारेन्टाईन आभावमा भारतीय क्वारेन्टाईनमा रहेका नेपाली स्वदेश ल्याउने कार्यमा ढिलाई , क्वारेन्टाईन स्थल नजीकका समुदाय द्धारा बिरोध ।


भैरहवा बैशाख ३१,
स्थानिय प्रशासनले प्रकृया पुरा गरेर करिब एक हजार नेपाली स्वदेश ल्याउने तयारी भए पनि क्वारेन्टाईनको अभावमा ल्याउने कार्यमा ढिलाई भएको छ । केही दिन देखी नेपाल ल्याउने तयारीमा रहेको स्थानिय प्रशासन क्वारेन्टाईन स्थल तयारी अवस्थामा नहुदा ढिलाई हुदै गएको थियो । आज देखी उनिहरुलाई नेपाल ल्याउन सुरु गरिने भनिएतापनि क्वारेन्टाई स्थलक्षेत्रमा समुदायको बिरोध बढ्न थाले संगै सुरक्षा निकाय हच्किएको छ । तिन दिन पहिले सबै स्थानिय तहका जनप्रतिनीधीहरु संग भएको छलफलमा सबै तहले स्थापना गरेका क्वारेन्टाईनमा ल्याएर राख्ने सहमती भएको थियो । सहमती अनुसरा स्थानीय प्रसाशन भारतमा रहेका नेपाली ल्याउने प्रकृयामा रहेकता पनि अहिले क्वारेन्टाई आसपासका स्थानीयले बिरोध गर्न थाले पछि प्रहरी प्रशासन पछाडी हटेको छ । त्यो संगै भारतीय क्वारेन्टाईनमा रहेका नेपाली स्वदेश आउन पाउने आशा पनि अन्योलमा छ ।

दैनिक ४ सयको हाराहारीमा सिमानामा नेपाली थपिदै । यो क्रम अझै बढ्ने ।
भारतमा लकडाउन केही खुकुलो भए संगै नेपालीहरु स्वदेश फर्किने क्रम बढेको हो । लामो समय हिडेरै भए पनि नेपालीहरु सिमानाका सम्म आएका थिए । त्यसरी आउने नेपालीहरु जो रुपन्देही र कपिलबस्तुका थिए उनिहरु चोर बाटो नेपाल छिरे । जस्लाई जोर बाटो थाहा छैन र अन्य जिल्लाका हुन उनिहरु सिमानाकामै अलपत्र परे । यसरि अलपत्र पर्नेको संख्या सिमानाका सुनौलीमा २३ सय बढी छन् । यो संखइा अझ बढ्दैछ । भारतले गोरखपुर सम्म रेल सेवा संञ्चालन गरे संगै सिमानाकामा नेपालीहरु आईपुग्नेको संख्या बढ्न थालेको हो ।

सिमानामा रहरले नेपाली आएका होईन्न् ।
भारतमा रोजगारी गरि नेपाल फर्किएका नेपाली रहरले नेपाल आएका होइृन्न् । त्यसरी नेपाल आउने भारतको बिभिन्न शहरहरुमा रोजगारी गरेर बस्ने मजदुरहरु हुन । उनिहरुलाई काम बाट निकालीएका , स्थानीय समुदायले गांउबाट हटाएका , बेखर्ची भएर बाध्यतामा परेका ब्याक्तीहरु हुन । उनिहरुलाई बाटोमा हिड्दा पानी खान समेत पाउदैनथे । पैसा भए पनि किनेर खान पाउदैनथे । खाली ठांउमा भएको बोरीड.मा पानी खाने र बोतलमा राख्नु पर्ने बाध्यता थियो । थकाई लागेर समुदाय बा आवास क्षेत्रमा बसे स्थानियले कोरोना सर्दछ भनेर गाली गर्दथे । यि पिडा सहदै नेपालीहरु सिमानामा आएका छन् । तर पनि नेपाल प्रबेश गर्न पाएका छैन्न् ।

रुपन्देहीमा रहेका क्वारेन्टाईनमा स्थानियले राख्न नदीएपछि थप समस्या ।
स्थानिय प्रसाशनले प्रकृया पुरा गरेर करिब एक हजार नेपाली स्वदेश ल्याउने तयारी गरेको थियो । त्यसका लागी स्थानीपालीका प्रमुख जनप्रतिनीधीहरु संग छलफल पनि भयौ । सबै तहले स्थापना गरेका क्वारेन्टाईनमा राख्न दिने सहमती बन्यौ र ल्याउने प्रकृया सुरु हुन थालेको थियो । तर अचानक क्वारेन्टाई आसपासका समुदायले बिरोध गर्न सुरु गरे । आफ्नो गांउपालीकाको क्वारेन्टाईनमा अरुलाई ल्याएर राख्न नदीने भन्दै बिरोध सुरु गर्न थालेपछि गांउपालीका प्रमुखहरु अप्टेरोमा परेको रोहीणी गांउपालीकाका अध्यक्ष सनोज कुमार यादवले बताए । प्रकृया पुरा गरेकालाई क्वारेन्टाईनमा राख्नदा के फरक पर्दछ र तर के गर्ने यहा पनि राजनीती सुरु भो उनले भने । त्यस्तै मायादेबी गांउपालीकामा पनि बिरोध भएको छ । त्यहा क्वारेन्टाईनमा बसेका ६० जनालाई हटाएर गांउपालीकाको हरेक वडाका वडाअध्यक्षलाई आ आफ्नो वडाबासीलाई ब्यावस्थित गर्न जिम्मेवारी दिईएको छ ।

अब कहिले ल्याईन्छ त ?
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हेम कुमार थापाले सिमा नाका बाट नेपाली ल्याउने प्रकृया केहि दिन ढिला हुने बताए । सबै तयारी सकिएको थियो अन्तीममा क्वारेन्टाईनका बिषयमा समस्या भयो । हामीले थप क्वारेन्टाईन ब्यावस्थापन गर्दै छौ हेरौ आज भोलीमै ल्याउन सकिन्छ होला प्रहरी उपरिक्षक थापाले भने ।

सुरक्षा सर्तकतामा कडाई ।
रुपन्देहीमा आजबाट सुरक्षामा थप कडाई गरिएको छ । रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेका गांउपालीका र नगरपालीकाहरुमा सहज रुपमा आवतजावतमा रोक लगाईएको छ । अन्य दिन बिभिन्न काममा हिड्ने गरिएता पनि आज भने पुर्ण रुपमा कडाई गरिएको छ ।