लुम्बिनी प्रेस क्लबका सदस्यहरुका लागी कोरोना बिमालेख ।


भैरहवा जेठ १,
लुम्बिनी प्रेस क्लबले आफ्ना सदस्यहरुका लागी कोरोना बिमालेख गरेको छ । अजोड ईन्सुरस्ेन्स कम्पनी संग क्लबले संम्झौता गरेको हो ।
क्लबले बिहिबार अजोड ईन्सुरेन्स कम्पनी संग क्लबका सबै सदस्यहरुको कोरोना बिमालेख गराएको हो । सिमा क्षेत्रमा रहेर जोखीम पुर्ण तरिकाले पत्रकारीता गरिरहेका साथिहरुको सुरक्षाका लागी ईन्सुरेन्स गरिएको क्लबका अध्यक्ष दिपेश पछाईले बताए । क्लबले सबै सदस्यहरुका लागी ईन्सुरेन्स गरेको महासचिव संम्झना शर्माले जानकारी दिईन । फिल्डमा खटिएर पत्रकारीता गर्ने क्रममा जोकोही पत्रकारहरुलाई संक्रमण भएमा ईन्सुरेन्स कम्पनीले रु एक लाख सम्बन्धीत पत्रकारलाई उपलब्ध गराउने छ ।
संञ्चार गृहहरुले नियमीत तलब खुवाउन नसकिरहेको अवस्थामा र स्वयमले परिवारका सदस्यहरुलाई रेखदेख गर्नु गरेको अवस्थामा संक्रमित भएर अस्पताल बस्नु परेमा परिवारमा आई पर्ने समस्यालाई मध्यनजगर गरि ईन्सुरेन्स गरिएको हो । संक्रमितको उपचार निशुल्क सरकारले गर्ने भएपनि पत्रकारले प्राप्त गरेको रकमले उ बिरामी भएको अवस्थामा घरका परिवारलाई राहत स्वरुप नगद पैसाले धेरै सहयोग पुग्ने हुदा यो ईन्सुरेन्स गरिएको क्लबका अध्यक्ष पछाईले बताए । पत्रकारहरुको कोरोना परिक्षण पिसिआर रिर्पोटका आधारमा बिमा रकम माग दाबि गरिए अनुसार भुक्तानी हुने ईन्सुरेन्स कम्पनी भैरहवा शाखा प्रमुख प्रकाश शर्माले जानकारी दिए ।