गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु ।


भैरहवा जेठ ८,
कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउापालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको छ । प्रदेश सरकारले बिज्ञप्ती जारी गर्दै उनको मृत्यु भएको पुष्टी गरेको हो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दु:ख व्यक्त गरेका छन् । क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो । अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो ।
उहालाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दु:खी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ ।
अस्पतालले बिहान उनको मृत्युको जानकारी परिवारलाई दिएको जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बिरामीको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको बताए ।
गत बैशाख २५ गते सामान्य ज्वरो र त्यसपछि खोकीबाट पीडित उनले स्थानीय मेडिकल, अर्घाखाची हुदै क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । भर्ना भएदेखि उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइफङ्सन सिन्ड्रोम) थियो । जेठ १ गते आइसीयूमा भर्ना भएका उनलाई जेठ २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । योसगै नेपालमा कोभिड–१९ संक्रमण तीन जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोककी सुत्केरी र बााकेको नरैनापुर गाउापालिका–५ का २५ वर्षीय युवकको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ ।