भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना,मन्त्री गिरीद्धारा उद्घाटन ।


संझना शर्मा
भैरहवा,जेठ २६
संघीयता पछि कतिपय कार्यालयहरु स्थापनामा ढिलाई हुंदा त्यसबाट सेवा लिने सम्बन्धित क्षेत्र अन्योलमा छ । यसबाट पर्यटन व्यवसायीहरु पनि अन्योलमा थिए । यही कुरालाई मध्येनजर गर्दै पर्यटन व्यवसाय दर्ता नविकरण लगायतका कामहरुका लागि सहज होस् भनेर प्रदेश सरकारले भैरहवामा पर्यटन डिभिजन कार्यालय रुपन्देहीको स्थापना गरेको छ ।
भैरहवामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय उद्योग वाणिज्य तथा उपभोतmा हित संरक्षण निर्देशनालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीको सोमबारबाट शुभारम्भ गरिएको हो ।
सिद्धार्थनगर ८ अन्नपुर्णटोलमा सोमबार प्रदेश पांच उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गर्नुभयो ।
कार्यालय उद्घाटन गर्दै मन्त्री गिरीले डकडाउनका कारण पर्यटन क्षेत्रमा निकै ठुलो असर परेको भन्दै कोरोना नियन्त्रण लगतै पर्यटन व्यवसायीको उत्थानका लागि धेरै कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनु भयो ।
संघीयता पछि कतिपय कार्यालयहरु संघ,प्रदेश र स्थानीय तहमा जिम्मेवारी वांडफांड गर्ने क्रममा पुर्नस्थापना गर्नुपर्ने भएपनि विगत दुईवषर््ादेखि पर्यटन सम्बन्धी कामकाज स्थगन जस्तो भएको बताउनु भयो । प्रदेश ५ को पर्यटन प्रवद्धनका लागि दुई वटा डिभिजन कार्यालय बांके र रुपन्देहीमा कार्यालय स्थापना गर्ने निर्णय अनुरुप भैरहवामा सो कार्यालय स्थापना गरिएको जानकारी मन्त्री गिरीले दिनुभयो ।
आगामि दिनमा पर्यटन क्षेत्रलाई नै देशको प्रमुख आर्थिक स्रोतको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अगाडि बढेको मन्त्री गिरीको भनाई छ । लकडाउनका कारण धरासायी बनेको पर्यटन क्षेत्रको विकासमा यस कार्यालयको महत्वपुर्ण भुमिका रहने विश्वास व्यतm गर्नुभयो ।
पर्यटन डिभिजन कार्यालका प्रमुख मुतिm प्रसादपाण्डेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी तथा अन्य जिल्ला सरकारी कार्यालयका प्रमुखहरुको उपस्ििथति रहेको थियो । कार्यक्रमको संचालन कार्यालयका नायव सुब्बा धिरेन्द्र राज सुवेदीले गर्नुभएको थियो । पर्यटन डिभिजन कार्यालय रुपन्देहीले पर्यटनसंग सम्बन्धित विभिन्न भौतिक निर्माणका कामसंगै पर्यटन व्यवसाय दर्ता,नविकरण लगायतका काम गर्ने कार्यालय प्रमुख मुतिm प्रसाद पाण्डेले जानकारी दिनुभयो ।