रुपन्देहीको तिलोतमा नगरपालीका १० मा ५ जनाको हत्या


भैरहवा जेठ २७,
रुपन्देहीको तिलोतमा नगरपालीका वडानं १० कान्छीबजार नजिक मैनहवा ५ जनाको हत्या भएको छ । स्थानिय कुखुरा फर्मममा काम गर्ने ६ जना मध्ये बिहान ४ जना मृत अवस्थामा भेटिएका हुन । अर्का एक जना गंभिर अवस्थामा भेटिएको भए पनि पछि उनको मृत्यु भएको जनाईएको छ । अर्का एक जना भने फरार रहेको जनाईएको छ । घटनाको बिषयमा अनुसन्धान गर्न प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ । उनिहरुको शव तन्नाले छोपेर राखेको अवस्थामा भेटिएको जनाईएको छ ।