रुपन्देहीको तिलोतमा नगरपालीका १० मा ५ जनाको हत्या


भैरहवा जेठ २७,
रुपन्देहीको तिलोतमा नगरपालीका वडानं १० कान्छीबजार नजिक मैनहवा ५ जनाको हत्या भएको छ । स्थानिय कृष्ण पुनको फर्ममा काम गर्ने ५ जनाको हत्या भएको प्रहरीले जनाएको छ । फर्ममा काम गर्ने ६ जना मध्ये बिहान ४ जना मृत अवस्थामा र एक जना गंभिर अवस्थामा भेटिएका थिए । उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ६ जना मध्ये एक जना फरार रहेका छन् । उनैले सबै साथिहरुको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मृतकको नाम खुलाईएको छैन । फरार ब्याक्ती सुर्खेतका झपेन्द्र सिजाली रहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा अनुसन्धान गर्न प्रहरीको टोली अहिले घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि खडक बहादुर खत्रिले बताए । उनिहरुको शव तन्नाले छोपेर राखेको अवस्थामा भेटिएको जनाईएको छ ।