रुपन्देहीको तिलोतमा नगरपालीका १० मा ५ जनाको हत्या , एक पक्राउ


भैरहवा जेठ २७,
रुपन्देहीको तिलोतमा नगरपालीका वडानं १० कान्छीबजार नजिक मैनहवा ५ जनाको हत्या भएको छ ।
स्थानिय कृष्ण पुनको कृर्षी फर्ममा काम गर्ने ५ जनाको हत्या भएको प्रहरीले जनाएको छ । फर्ममा काम गर्ने ६ जना मध्ये बिहान ४ जना मृत अवस्थामा र एक जना गंभिर अवस्थामा भेटिएका थिए । उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ६ जना मध्ये फरार भनिएका ब्याक्तीलाई प्रहरीले फर्म नजिकै लुकीरहेको अवस्थामा पक्राउ गरेको छ । उनैले सबै साथिहरुको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मृतकको नाम खुलाईएको छैन ।
घटनाको बिषयमा अनुसन्धान गर्न प्रहरीको टोली अहिले घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि खडक बहादुर खत्रिले बताए । उनिहरुको शव तन्नाले छोपेर राखेको अवस्थामा भेटिएको थियो । मृतक एक जना महिला रहेकी छन् । उनिहरु फर्मममा एकै स्थानमा सुतेका थिए । उनिहरुको टाउको र घांटिमा घरेलु हतीयार प्रयोग गरि हत्या गरिएको छ । शबहरुलाई पोष्टमाटका लागी लैजाने तयारी भैरहेको छ ।