दृष्टिविहिनलाई राहत प्रदान


बुटवल ३२ जेठ ।
पश्चिम नेपाल विकास ट्रष्टले लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम, बुटवललाई राहत सामाग्री प्रदान गरेको छ । कोरोना महामारीका कारण बढी मारमा परेका अपाङ दृष्टिविहिनलाई खाना र अन्य आवश्यक वस्तुहरू प्रदान गरिएको ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेले बताए ।
आश्रममा हाल २७ जना अति विपन्न अपाङ दृष्टिविहिन रहेका छन । खाद्य सामाग्रीका अतिरिक्त झुल र अन्य आवश्यक सामाग्रीहरू पनि प्रदान गरिएको घिमिरेले बताए । कार्यक्रममा पश्चिम नेपाल विकास ट्रष्टका सदस्य एंव आश्रमकी संरक्षक ओमि पुनले सस्थाका तर्फबाट सामाग्री हस्तान्तरण गरेकी थिइन । यस अघि गत माघमा पनि ट्रष्टले लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा दैनिक आवश्यक खाद्यन्य सामग्रि र शैक्षिक सामग्रि हस्तान्तरण गरेको थियो ।