बिभिन्न मागहरु राख्दै भैरहवाका ब्यावसायिहरुले बुझाए राष्ट्र बैकमा ज्ञापनपत्र ।

भैरहवा असार ४,
भैरहवामा रहेका बिभिन्न ब्यावसायिक संघ संस्थाहरुले ११ बुदे माग पत्र नेपाल राष्ट्र बैक सिद्धार्थनगर शाखामा बुझाएका छन् ।
उनिहरुले नेपाल राष्ट्र बैक सिदार्थनगर शाखाका मुख्य ब्यावस्थापक राजन भट्रटराईलाई भेटि ब्यावसायिहरुका मागलाई नितिगत निर्णय गर्ने ब्यावस्था बनाईदिन आग्रह गरेका हुन ।
कोरोनाका कारण लामो समय लकडाउन बाट गुज्रिएका कारण ब्यावसाय सहज रुपमा चल्न सक्ने अवस्था नरहेकाले ब्यावसायिहरुले लिएका कर्जामा सहुलियतको माग गर्दै नेपाल राष्ट्र ब्रक सिदार्थनगर शाखामा ज्ञापनपत्र बुझाएको उधोग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनु भयो ।


बर्तमान अवस्थामा होटल, यातायात, सुनचांदी, निमार्ण,क्रशर , मदिरा, चलचित्र , घरजग्गा, पर्यटन, ब्युटिपार्लर , बिध्यालय, शैलुन, ब्यायम लगायतका ब्यावसायहरु कहिले सम्म नचल्ने हुन तिनिहरुको बारेमा एकिन भैनसकेको अवस्थामा सरकारले ब्यावसायिहरुलाई कर्जा , ब्याज , कर लगायतका बिषयहरुमा छुटको मागलाई नितिगत रुपमा सम्बोधन गर्न माग सहित ज्ञापनपत्र बुझाएको सिदार्थ उधोग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताउनु भयो ।
उधोगी ब्यावसायिहरु बन्दाबन्दीका कारण ठुला् मारमा परेकाले कोरोना प्रकोप अवधि भरको पुर्ण ब्याज रकम नेपाल सरकारले सत प्रतिशत छुट गराउनको लागी नितिगत निर्णय गरिदिन माग गरेको छ ।


होटल, पर्यटन, बिध्यालय, यातायात क्षेत्रमा भएको क्षतीको अध्ययन गर्न बिज्ञ सहितको समिती गठन गरि राहत उपलब्ध गराउन माग गरेको छ ।
उधोगी ब्यावसायिहरुले बैकको रिण तिर्न सक्ने अवस्था नरहेकाले कोरोना प्रकोप समाप्ती घोषणा भएको मितिले ३ महिना सम्मको समय सिमा थप गर्न अनुरोध गरेको छ ।
उधोगी ब्यावसायिहरुले असार मसान्त सम्म तिर्नु पर्ने सर्ट र्टम लोन , तिनु पर्ने किस्ता , तिर्न सक्ने अवस्था नरहेकाले कोरोना समाप्तीको ६ महिना सम्मको म्याद थप गरि श्रृणको हकमा स्वतह नबिकरण गर्ने ब्यावस्था गर्न माग गरेको छ ।


मन्त्री परिषद बाट माग फागुन र चैत्रको ब्याज बुझाउदा दश प्रतिशत छुट दिने घोषणा भए पनि सबै ठाउमा कार्यान्वयनमा नआएकाले कार्यान्वय गर्ने ब्यावस्था बनाउन ब्यावसायिहरुले माग गरेका छन् ।
होटल, यातायात, सुनचांदी, निमार्ण,क्रशर , मदिरा, चलचित्र , घरजग्गा, पर्यटन, ब्युटिपार्लर , बिध्यालय, शैलुन, ब्यायम लगायतका ब्यावसायहरु अति प्रभाबित भएकाले ति ब्यावसाय पुर्नरुजागरण गर्नका लागी पहिलेकै धितोमा सरल र सहज तरिका बाट २० प्रतिशत सम्म थप बार्षिक ५ प्रतिशत ब्याजमा पुन कर्जा नबिकरणका लागी अनुरोग गरेका छन् ।
निक्षेत्र ब्याजदर घटाई श्रृणको ब्याजदर ९ प्रतिशतमा नबढ्ने गरि ब्याज घटाउन माग गरेका छन् ।
चेक बाउन्स लाई कडा कार्बाहि गर्ने निती अख्तियारी गरि बित्तिय सुशासन कायम गरिदिन ब्यावसयिहरुले माग गरेका छन् ।
ज्ञापनपत्र बुझाउन नेपाल टुर एण्ड ट्राभल्स नाटाका प्रदेश ५ अध्यक्ष सागर अधिकारी , होटल तथा रेटुरेन्ट ब्यावसायि संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेलवासे , मदिरा ब्यावसायि संघका सल्लाहकार खिम बहादुर खत्री , लुम्बिनी निमार्ण ब्यावसायि संघका अध्यक्ष बिनय ज्ञवाली , सुन चांदी ब्यावसायि संघका अध्यक्ष प्रकाण मणी बि.क र रियलस्टेट ब्यावसायि संघका संयोजक धिरज कुमार घिमिरे लगायतको टोली ज्ञापन पत्र बुझाउन राष्ट्र बैक सिदार्थनगर शाखा पुगेको थियो ।