स्व सुस्मिता थापाको सम्झनामा बुटवलमा दिप प्रज्वलन

भैरहवा, असार १९ । मेचीमहाकाली बुहारी सुंयुक्त आवाज रुपन्देहीको आयोजनामा स्व. सुस्मिता थापाको आत्माको चिरशान्तिको कामना सहित बुटवलमा दीप प्रज्वलन गरिएको छ ।बुटवलको मिलनचोकमा कोषसभा सहित दीप प्रज्वलन गरिएको हो ।

सो अबसरमा बोल्ने बक्ताहरुले समाजमा महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताए । सो अबसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिनद खनालले महिला हिंसा अन्त्यका लागि समाज,सरकार एकजुट बन्नुपर्ने बताए ।

उनले समाजमा महिलाहरु एकजुट हुन आग्रह गर्दै स्थानीय सरकारले ठोस योजना बनाएर हिंसा अन्त्य गर्न योजना कार्यान्वय गर्न जरुरी रहेको बताए ।

मेचीमहाकाली बुहारी सुंयक्त आवाज रुपन्देहीकी अध्यक्ष लता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी केन्द्रिय प्रबक्ता मन्जु खांण,सल्लाहकार सीमा बन ,सूर्य मरहट्ठा ,सह सचिब इन्द्रा बिक लगायतले बोल्दै महिला तथा बालबालिका हिंसा बिरुद्धको अभियान देशब्यापी बनाउनुपर्ने बताए ।कार्यक्रममा शान्ति समाजका रुपन्देही सभापति डीपी खनाल,सरोकारवाला,सञ्चारकर्मी लगायतको बाक्लो सहभागिता रहेको थिए ।

कपिलबस्तु माईत र हेटौडा घर भएकी स्व थापाको ससुरा र नन्दले हत्या गरेको प्रहरीको भनाई छ। उनीहरु अहिले प्रहरी नियन्त्रणमा छन् ।