नेपाली सेनाको गो ग्रिन कार्यक्रम अन्तरर्गत भैरहवामा १ सय विरुवा रोपिया

भैरहवा, १० साउन । बोट विरुवा र मानिसबीचको सम्बन्ध सदियौंदेखि गहिरो छ । मानिसको जीवनको संरक्षण बोटविरुवाले गरिरहेको छ भने खाली जग्गामा विरुवा रोप्ने र त्यसलाई हुर्काउने काम पनि मानिसले गरिरहेकै छ । यसै शिलशिलालाई निरन्तरता दिदै नेपाली सेनाको गो ग्रिन कार्यक्रम अन्तरर्गत शनिवार भैरहवा स्थित मेडिकल कलेजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

नेपाली सेनाको श्री कालिभतिm गण “ई”, भैरहवा र युनिभर्षल कलेज अफ मेडिकल साईन्स भैरहवाको संयुतm आयोजनामा विभिन्न प्रजातिका फलफुल तथा फुलका १ सय वटा विरुवा रोपिएको कार्यक्रम संयोजक तथा कालिभतिm गणका उप सेनानी सिद्धान्त मण्डलले जानकारी दिनु भयो ।

वातावरणलाई जोगाई राख्ने र आम जनताबीचको सम्बन्धलाई समधुर बनाउने उद्देश्य अनुरुप यस कार्यक्रमलाई निरन्तरता दिईएको कार्यक्रमका प्रमुख अतिथि गणका प्रमुख सेनानी ईश्वर बुढाथोकीले बताउनु भयो । विरुवा रोप्नु मात्र प्रयाप्त नहुने भएकोले रोपिएका विरुवाको संरक्षण गरी हुर्काउनमा सहयोग गर्न प्रमुख सेनानी बुढाथोकीले युसिएमएस परिवारलाई आग्रह समेत गर्नुभएको थियो ।

युसिएमएस भैरहवाका प्राचार्य प्रोफेसर डा.आनन्द कुमारले नेपाली सेनाले वृक्षा रोपण गर्नको लागि युसिएमएससंग सहकार्य गरेकोमा धन्यावाद दिदै विरुवाको उचित संरक्षण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

युसिएमएस अन्तरर्गत रहेको करुणा च्यारिटेवलका सदस्य विमला केशीको संचालमा सम्पन्न भएको कार्यक्रममा श्री कालीभतिm गणका सेनानी दिल बहादुर खड्का, मेडिकल कलेज भैरहवाका केडिकल सुप्रिटेण्डेन्ट डा. सघन मुखि, सर्जिकल विभागका प्रमुख प्रोफेसर डाक्टर कैलाश चन्द, प्रशासकीय प्रमुख अजय कुमार पिएस, युसिएमएस डेण्टल विभागका सह प्राचार्य डा. हेमन्त हलुवाई, तेज केशी , भैरहवा संचार गृह प्रा.लिका पत्रकार सम्झना शर्मा लगायतले विरुवा रोप्नु भएको थियो ।

आशिस चौरासियाको स्वागतमा सम्पन्न भएको कार्यक्रममा नेपाली सेनाका जवान, युसिएमएसका अन्य चिकित्सक,कर्मचारीको उपस्थिति रहेको थियो ।