नेपाल रेडक्रस जिल्ला शाखा रुपन्देहीको ५० औं वर्ष, हरेक गाउंपालिकामा रेडक्रसको उपशाखा आवश्यक ः सभासद यादव

भैरहवा, ९ साउन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीको स्वर्ण महोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।

शुक्रबार आयोजित “नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देही विगत,वर्तमान र भविश्य” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले रेडक्रसमा युवा र महिलाहरुको सहभागिता बढाउन पहल गर्न नेतृत्वलाई सुझाव दिएका छन् । सोसाईटी वेलहिया उपशाखाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका सल्लाहकार विमल बहादुर शाक्यले कार्यपत्र प्रस्तुत गर्दै संस्थाको ईतिहास, वर्तमान अवस्थामा गरेका काम र भविश्यमा निरन्तरता दिईने कामका बारेमा चर्चा गर्नुभयो ।

विपतको समयमा उद्धार,राहत लगायत शिक्षा,स्वास्थ्यका क्षेत्रमा स्वयमसेवकको भुमिका निर्वाह गर्दै आईरहेको रेडक्रसले देशमा आई परेका ठुला मानवीय पीडामा परेकाहरुलाई सहयोग गर्दै आईरहेको शाक्यले बताउनु भयो । एम्बुलेन्स सेवा संचालन, रतm संचार केन्द्र स्थापना लगायतका समाजोपयोगी कामलाई रेडक्रसले निरन्तरता दिने समेत उहांले बताउनु भयो ।

सोसाईटीका जिल्ला शाखा सभापति प्रेमलाल उदासको अध्यक्षता, मञ्जु शर्माको संयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधीसभा सदस्य प्रमोद कुमार यादवले रगतको अभाव हुन नदिन हरेक गाउपालिकामा रेडक्रसको उपशाखा गठन हुनुपर्ने बताउनुभएको छ । यादवले सधै रगतको अभाव भएको देखिने गरेकोले हरेक गाउपालिकामा रेडक्रसको उपशाखा गठन हुनुपर्ने बताउनुभएको हो ।

यादवले रगत दिन प्राय ठाउमा मान्छेहरु डराउने गरेको बताउदै त्यसो हुन नदिन प्रशीक्षण तथा सचेतना कार्यक्रम रेडक्रसले गर्नुपर्ने जानकारी दिनुभयो ।

देवी न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा सोसाईटीका केन्द्रिय सदस्य शुदर्शन प्रसाद वराल,प्रदेश ५ का महासचिव कृष्ण पंगेनी, वेलहिया उपशाखाका सभापति शुशिल गुरुङ्ग लगायतले मन्तव्य व्यतm गर्दै नेपाल रेडक्रस सोसाईटीले समाजमा गरेको काम प्रसंशनीय रहेको बताउनु भयो । विभिन्न उपशाखाका सदस्यहरुले आआफ्ना भनाईहरु राखेको उतm कार्यक्रमको आतिथ्यता गर्ने अवसर प्राप्त गरेको भन्दै वेलहिया शाखा सभापति शुशिल गुरुङ्गले खुशी व्यतm गर्नुभयो ।

२०२७ साल साउन ७ गते विधिवत स्थापना भएको सोसाईटी रुपन्देही शाखाले आफ्नो ५० औ. वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरिरहेको छ ।