इन्टर्याक्ट क्लब अफ लुम्बिनी गौतम बुद्ध मा.बि. को छैठौ पदस्थापन सम्पन्न ।


भैरहवा साउन १८,
इन्टर्याक्ट क्लब अफ लुम्बिनी गौतम बुद्ध मा.बि. को छैठौ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष सुधिर जैसवालको अध्यक्षता मा सम्पन्न कार्यक्रम को प्रमुख अथिति रोटरी क्लब अफ लुम्बिनी सिदार्थनगर का निबर्तमान अध्यक्ष रो. ठाकुर कुमार श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा पुर्व अध्यक्षहरु दिनेश पौडयाल, खिम बहादुर कार्की, जितेन्द्र नाथ शर्मा, बिध्यालयका प्रध्यानाध्यापक , इन्टर्याक्ट कोअर्डिनेटर रो. बिष्णु थापा तथा शिक्षक शिक्षिकाहरु को उपस्थित रहेको थियो ।


नव निर्वाचित अध्यक्ष लाई प्रमुख अतिथि बाट सपथ ग्रहण गराइ अध्यक्ष को कलर लगाइ पदस्थापन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिले शुभकामना व्यक्त गर्दै इन्टर्याक्ट क्लब लाई मातृ क्लब बाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा बिधालय परिसरमा पुष्प का बिरुवा रोपिएको थियो । उपस्थित रोटरियन सदस्यहरु बाट सहयोग स्वरुप इन्टर्याक्ट क्लब नगद पांच हजार हस्तान्तरण समेत गरिएको थियो ।