शनिबार सिद्धार्थनगरमा साइक्लिंग च्याम्पियनसिप–२०७७ हुने ।


भैरहवा साउन १८,
पोर्ट मिडिया प्रा.लि. द्वारा प्रकाशित न्यूज ओके साप्ताहिक पत्रिकाको आयोजनामा यही साउन २४ गते शनिबार सिद्धार्थनगर साइक्लिंग च्याम्पियनसिप–२०७७ (दौड) हुने भएको छ ।
पत्रिका पााचौ वर्षमा प्रवेश गरेको अवसरमा न्यूज ओके साप्ताहिकले च्याम्पियनसिप (दौड)को आयोजना गरेको जनाएको छ । कार्यक्रमबारे जानकारी गराउन पोर्ट मिडिया प्रा.लि.रन्यूज ओके साप्ताहिकले आइतबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मिडिया प्रा.लि.का अध्यक्ष बिमल सेञ्चुरीले दौड सिद्धार्थनगरसहित रोहिणी, ओमसतिया, सियारी, मायादेवी गाउापालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न भागमा पुग्ने बताए ।
उनले बिहान ६:३० बजे भैरहवाको विद्रोहीचोकस्थित सानु डिपार्टमेन्टल स्टोरबाट सुरु हुने दौड भैरहवास्थित देवकोटाचोकमा पुगेर समापन हुने बताए । ४० किलोमिटरको दौडमा भैरहवा क्षेत्रका ५० जना साइक्लिष्टहरु सहभागि हुने सेञ्चुरीले जानकारी दिए । २ प्याटनमा आयोजना हुने दौडमा ४५ वर्ष उमेर समूह र ४५ वर्ष मुनी उमेर समूहका साइक्लिष्टहरुको सहभागिता रहनेछ, उनले भने । विजेताहरुलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।
सिद्धार्थनगरलाई खेल पर्यटनको माध्यमबाट अगाडी बढाउने उद्देश्यले साइकल रेसको आयोजना गरिएको न्यूज ओके साप्ताहिक पत्रिकाका सम्पादक मनोरञ्जन शर्माले बताए । साइकल च्याम्पियनसिपको संयोजकको जिम्मेवारी पोर्ट मिडिया प्रा.लि.का सञ्चालक खेमराज भुसाललाई दिइएको आयोजकले जनाएका छन् । पत्रकार सम्मेलनमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठ , साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगर , लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष दिपेश पछाई , पोर्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक विक्रम मल्ल लगायतले आ आप्नौ भनाई राखेका थिए ।