सक्षम सहारा बहुउद्देश्यीय महिला समूहको दोस्रो साधरण सभा सम्पन्न ।

भैरहवा साउन १८
सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सि नपा ६ को दोस्रो साधरण सभा सम्पन्न भएको छ ।
सबिधान सभा सदस्य ईस्तियाक अहमद खानको प्रमुख आथित्यता , दिप ज्योति सचेतना समूह कि अध्यक्ष शान्ति अधिकारीको बिशिष्ठ आथित्यता तथा सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा किशोरपुर गाउसमाजका अध्यक्ष पुरनसिङ राना ,ब्यापारी सघका प्रतिनिधि मधुसूदन अर्याल ,कानुनी तथा समाजसेवि प्रख्यात बन्जाडे समाजसेवी पिर्तम राना , टोलसुधार समितिका रविना भन्डारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम समुहका उपाध्यक्ष सचिता अर्यालको स्वागत ,सचिव लाजिना देवकोटाको सन्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बार्षिक सामाजिक गतिविधि आगामि लक्ष्य र उदेश्य सहितको प्रतिवेदन अध्यक्ष शान्ता कडेलले प्रस्तुत गर्नुभएको थियो । आर्थिक आय ब्याय सम्वन्धित सस्थाकि कोषाध्यक्ष खिमकुमारी थापा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ०७५र०७६ मा ए सि ईमा उत्कृष्ट नम्बर ल्याउने समुहका सदस्य का छोराछोरी दुई जनालाई सम्मान गरिएको थियो ।