सुद्धोधन गाउँपालिकामा लाखौंको सार्वजनिक सम्पत्ति तोडफोड

रुपन्देहीको शुद्धोधन गाउंपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना सहित रमणिय पार्क बनाउने गुरुयोजना तयार गरियो ।
निर्वाचित जनप्रतिनिधिहरुले पहिलो गाउंसभाबाटै गाउंपालिका वडा नम्बर ५ मा रहेको संसानघाटलाई बोटिङ्घ सहितको रमणिय पार्कको रुपमा विकास गर्ने र वस्ती बढ्दै गएकोले त्यहां रहेको संसानघाटलाई अन्यत्र व्यवस्थित गर्ने निर्णय गऱ्यो ।

सुरुकै वर्ष २०७४/०७५ मा पार्क निर्माणका लागि ४० लाख बजेट विनियोजन गरी कामलाई अगाडि बढाईयो । पालिका बुटवल, भैरहवा र लुम्बिनीको सेन्टर पोईन्टमा रहेका कारण पनि यसलाई लुम्बिनीको पर्यटनसंग जोडन् पालिकालाई सजिलो थियो ।
पछिल्लो समय प्रदेश ५ लाई पर्यटनको आधारको रुपमा विकास गर्ने लक्ष्य राखेको प्रदेश सरकारले पनि यस गुरु योजनालाई पुरा गरेर लुम्बिनीसंग जोड्न सके लुम्बिनीको महत्व अझ बढ्ने निश्कर्ष सहित ८० लाख रकम दिने निर्णय गऱ्यो ।
थारुहरुको बाहुल्य रहेको उतm गाउंपालिकामा बुद्धका कोही आफन्तको ठुलो दरबार रहेको अनुमान गरिएको छ । त्यसैले दरवारबाट अप्रभंस भई त्यस क्षेत्रको नाम दर्वहवा भएको भन्ने गरिएको छ । जसलाई प्रमाणित गर्नका लागि पुरातात्विक विभागले त्यस क्षेत्रको संरक्षण गरी उत्खनन्को योजना समेत बनाएको छ ।
ऐतिहांसिक दर्वाह मेलालाई थप आर्कषक बनाउने समेत पालिकाको लक्ष्य रहेको थियो । जस अनुरुप त्यहां रहेको नदीको सरसफाई गरी पार्कमा भौतिक संरचना निर्माणको काम धमाधम भईरहेको थियो ।
करिब २ करोड १० लाखमा बन्दै गरेको दर्वाह उद्यानको भौतिक पूर्वाधार निर्माण, तारजाली लगाउने काम भईरहेकै अवस्थामा गाउंका केही राजनीतिको नाममा उद्दण्ड मच्चाउने व्यतिmको तोडफोडका कारण लाखौंको सार्वजनिक सम्पत्ती क्षति भएको छ ।

गाउंपालिकामा हुलजत्था गर्ने, विकास निर्माणका काममा अवरोध गर्ने गरिएसंगै स्थानीयमा त्रास फैलिएको उनीहरुको भनाई छ । मापदण्ड पुरा गरी टोल विकास समितिको सहमतिमा निर्माण गर्न लागिएको पार्कका वालहरु एकाएक शुक्रबार तोडिए । जसका कारण स्थानीयहरु चिन्तामा छन् । यदी कसैले पार्क निर्माणमा अवरोध गर्छ भने स्थानीयहरु त्यसको प्रतिकारमा उत्रिने टोल विकास समितिका अध्यक्षद्धय बाबुराम खरेल र मान बहादुर बुढाथाकीले चेतावनी दिए । यस स्थानलाई मसानघाट नभई रमणिय पार्क कै रुपमा विकास गरिनु पर्ने अन्य स्थानीयको समेत माग छ ।
पार्कमा लगाईएका फलामका रड भाचिएका छन् । ईट्टा फुटाईएको छ । भत्किएका ति संरचना हेर्दा जो कोही विकास प्रेमीको मन चसक्क घोच्छ । शेर बहादुर काफ्ले, विपिन कुमार कुर्मी, कृष्ण चौधरी यि तिन जना व्यतिmले जर्वजस्ती गाउंलेलाई जम्मा गराएर तोडफोड गराईएको गाउंपालिकाका अध्यक्ष किसुन चन्द चौधरीले बताउनु भयो । “विकास भनेको समयको माग अनुरुप गर्नु पर्ने हुन्छ । सधै खोलामा दिशा पिशाव गर्ने वानीले विकास हुन सक्दैन” अध्यक्ष चौधरीले भन्नु भयो ।


“कसैले हिजोको संसानघाटमा आजपनि लास जलाउन पाउनु पर्छ भनेर विरोध गर्छ भने त्यो स्वीकार गर्न नसकिने बताउनु भयो । केही व्यतिmले पार्क बन्न थालेको स्थानमै मसानघाट बन्नु पर्छ भनेर बखेडा गरिरहेका छन् । यो सुहाउने कुरा होईन,बस्तीमा शव लजाउन दिन मिल्दैन ”अध्यक्ष चौधरीको अडान छ ।

तोडफोडमा सहभागी नहुने गाउंलेलाई ५ सय देखि हजार रुपैंया हर्जना तिराउने त्रास देखाएर सरकारी संरचना तोड्न लगाएको पालिकाको दावी छ । पालिकाले शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक सम्पत्तीमा क्षति पुरयाउने माथि कानुनी कारवाही र क्षतिपुर्तिका लागि मुद्धा दर्ता गर्ने गाउंपालिकाका प्रशासकीय प्रमुख अनन्त पाणि मरासिनीले बताउनु भयो ।
“ कुनै विषयमा विमती राख्न पाईन्छ, विरोध गर्न पाईन्छ यि कुरा वार्ताको माध्यमबाट समाधान हुने विषय हुन । तर विमतिको नाममा सार्वजनीक सम्पत्तीमा आक्रमण गर्ने कसैलाई अधिकार छैन यो अवराध हो त्यसैले गाउंपालिका चुप लागेर बस्दैन । ” प्रमुख प्रशासकीय अधिकृत मरासिनीले भन्नुभयो ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा रहनुभएका प्रदेश सभा सदस्य तुलसी चौधरीले उतm स्थानलाई रमणिय पार्कको रुपमा विकास गर्ने आफ्नो घोषणापत्रमै समावेश गरिएको बताउनु भयो । सोही अनुरुप प्रदेश सरकारको समन्वयमा कामलाई अगाडि बढाईको जानकारी दिदै यहांका केही विकास विरोधीहरुलाई सो कुरा नपचेकै कारण राजनीतिक दाउपेज देखाएको सांसद चौधरीको भनाई छ ।
तोडफाडमा संलग्न कृष्ण चौधरी स्थानीय विरेन्ऽ माध्यमिक विद्यालयका प्राधानाध्यापक रहेको समेत चौधरीले खुलासा गर्नुभयो । एक सरकारी तलब खाएर समाजमा शिक्षा दिनका लागि खटीएको प्रअ नै सार्वजनीक सम्पत्ती नष्ट गर्न अग्रसर हुनु आफैमा लाज मर्दो भएको भन्दै त्यस्ता प्रअलाई तुरुन्त बर्खास्त गर्न माग समेत गर्नुभयो ।

गाउंपालिकाले घटना हुनु अघि जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई जानकारी गराएको थियो । ईलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेपनि तोडफोड गर्नेलाई रोक्ने प्रयास सम्म नगरेको वडा नम्बर ५ का अध्यक्ष पुन्नेराम गौतमले गुनासो गर्नुभयो । साउन सात गते नेपाली कांग्रेस शुद्धोधनको लेटर प्याडमा शेर बहादुर काफ्लेको हस्ताक्षर रहेको पत्रमा छठपुजा गर्ने स्थान र मसानघाटको व्यवस्थापन गर्न भनि गाउंपालिकाका अध्यक्ष समक्ष ज्ञापन पत्र बुझईएको थियो । त्यस लगतै वार्ता टोली गठन गरी विभिन्न चरणमा वार्ताहरु समेत भईरहेको पालिकाका प्रवतmा राजेन्द्र कडेलले जानकारी दिनु भयो । वार्ता चलिरहकै समयमा अध्यक्षको कार्यकक्ष र वडा नम्बर ५ को कार्यालयबमा तालाबन्दी गरिनुका साथै निर्माणाधिन भौतिक संरचना तोडफोड गरिएको हो । यता रुपन्देही प्रबमुख जिल्ला अधिकारी माहादेव पन्थले भने माननीयले जानकारी दिए लगतै प्रहरीलाई खवर गरी घटना स्थल पुग्न निर्देशन दिएको बताउनु भएको छ । घटनास्थल पुगर पनि प्रहरीले किन रोकेन त्यस विषयमा भने छलफल गर्ने प्रजिअ पन्थको भनाई छ ।