अडानको स्थापना दिवसको अवसरमा मंगलबार भैरहवामा फलफुल बितरण ।


भैरहवा साउन २०,
नेपाल अडिटर्स एसोसिएसन (अडान) को १५ औ स्थापना दिवसको अवसरमा मंगलबार भैरहवामा फलफुल बितरण कार्यक्रम सम्पन्न भएको छ ।
एसोसिएसन प्रदेश समिति प्रदेश ५ को समन्वयमा भएको कार्यक्रममा भिम अस्पताल भैरहवामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको थियो ।
नेपाल अडिटर्स एसोसिएसन (अडान) का केन्द्रीय सचिव साबित्रि शर्माको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा भिम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट नबिन दर्नाल, चारटर एकाउन्टेन शिबहरी शर्मा , लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई , अडानका केन्द्रीय सल्लाहकार डि.आर शर्मा लगायतले अडानको स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको थियो ।


नेपाल अडिर्टस एसोसिएसन प्रदेश समिति प्रदेश ५का अध्यक्ष गोबिन्द्र प्रसाद रेग्मीको अध्यक्षता र सचिव ओम बहादुर मल्लको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अडानले स्थापना दिवसको अवसरमा मंगलबार देशभर बिभिन्न स्थानहरुमा बिभिन्न कार्यक्रम संञ्चालन गरी मनाएको छ ।