भैरहवामा माक्स बाढ्दै हिमाली सामुदायिक सेवा केन्द्र

भैरहवा, साउन २२ । हिमाली सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा केन्द्रले बिहिबार बिपि पथमा मास्क बितरण गरेका छन् । बढ्दो कोरोना जोखिम न्युनिकणका लागी केन्द्रले मास्क बितरण गरेको हिमाली सामुदायिक केन्द्रका अध्यक्ष सुरेन्द्र जंग थापाले बताए ।
बिपि पथ स्थित मायादेबी तरकारी तथा फलफुल बजारमा मास्क नलगाईकन आउने सर्बसाधारणहरुलाई मास्क बितरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि खडक बहादुर खत्रीको प्रमुख आथित्यता र सिदार्थनगर नगरपालीका वडानं ८ का वडाअध्यक्ष राजन जंग राणाको आथित्यतामा तरकारी बजारमा आएका सर्बसाधारण र कृषकहरुलाई मास्क बितरण गरिएको थियो । तरकारी बजारमा आगामी दिनमा सुरक्षा सर्तकता नअपनाई भित्र प्रबेश गर्न निरुत्साहित गर्ने सो क्रममा केन्द्रका अध्यक्ष सुरैनद्र जंग थापाले बताए । सबै क्षेत्रका ब्याक्तीहरु जमघट हुने स्थानमा कुनै सर्तकता हुन नसक्दा भोलीका दिनमा संक्रमण फैलन सक्ने थापाले बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसजि खड्क बहादुर खत्रीले भीडभाड नियन्त्रण गरि सुरक्षीत तरिका बाट बजार संञ्चालन गर्न र सुरक्षा सर्तकता अपनाउन सुरक्षाकर्मिहरुको पनि सहयोग रहने बताए । केन्द्रका सचिव बिष्णु प्रसाद मरासिनीको संञ्चालनमा संम्पन्न कार्यक्रममा केन्द्रका पदाधिकारीहरु , सुरक्षा निकाय, ट्रफिक प्रहरी लगायतको उपस्थिती रहेको थियो ।