सडकमा हिड्ने बटुवाहरुका लागी मास्क बितरण

भैरहवा, साउन २२ । सिदार्थ सामुदायिक केन्द्र एवंम सामुदायिक प्रहरीको आयोजनामा बिहिबार भैरहवामा सडकमा हिड्ने बटुवाहरुका लागी मास्क बितरण कार्यक्रम भएको छ । कोरोना संक्रम बढ्न थाले संगै सामुदायिक केन्द्रले सडकमा हिडीरहेका सर्बसाधारणहरुले मास्क लाए नलाएको अनुगमन तथा नलगाएकाहरुलाई अनिबार्य लगाउनका लागी प्रेरित गर्दै मास्क बितरण गरेको थियो । भैरहवाको बिद्रोहि चोक अगाडी सन्देशमुलक रुपमा कार्यक्रम गरिएको सिदार्थ सामुदायिक केन्द्रका अध्यक्ष संञ्जिव शर्मा रेग्मीले जानकारी दिए ।
हामीले मास्क बितरण संग संगै मास्क नलगाई बजारमा हिडीरहेका सर्बसाधारणलाई अनिबार्य मास्क प्रयोग गर्नका लागी आग्रह सहित जनचेतनामुलक कार्यक्रम गरेको रेग्मीले बताए । सो क्रममा सडकमा सवारी साधन देखी लिएर प्रदलयात्रिलाई समेत मास्क बितरण गरिएको थियो ।